काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि एसियाली विकास बैंक (एडीबी) ले करिब ७६ करोड रुपैयाँ बराबरको आपतकालीन सहायता दिने भएको छ। एडीबीले ५० लाख अमेरिकी डलर अर्थात् करिब ७६ करोड रुपैयाँको अनुदान सहायता घोषणा गरेको हो। १० भदौमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको छ। […]