प्रसिद्ध उद्योगपति रतन टाटाको निधन
बैंकिङ खबर/भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको बुधबार राति मुम्बईको एक अस्पतालमा निधन भएको छ । टाटा सन्सका अध्यक्ष एन. चन्द्रशेखरनले टाटा समूहको तर्फबाट एक विज्ञप्ति जारी गर्दै रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको पुष्टि गरेका छन्। उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको थियो। उनी उमेरसँग सम्बन्धित रोगबाट पीडित […]
भारतको केन्द्रीय बैंकले ब्याजदर यथावत राख्ने
बैंकिङ खबर/भारतको केन्द्रीय बैंकले ब्याज दरलाई स्थिर राख्ने निर्णय गरेको छ । विश्वको पाँचौं ठूलो अर्थव्यवस्थामा वृद्धि मध्यम रहेको अवस्थामा बैंकले भविष्यमा ब्याजदर कटौतीको लागि ढोका खुला छोडेको छ । भारतीय रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले भनेको छ, ‘ब्याजदरमा महत्त्वपूर्ण मानिने ‘रिपो रेट’ अर्थात् केन्द्रीय बैंकले वाणिज्य बैंकबाट ऋणमा तिर्ने अल्पकालीन ब्याजमा लगातार दशौं […]
भारत सन् २०२८ सम्ममा १० खर्ब डलरको डिजिटल अर्थतन्त्र हब बन्ने
बैंकिङ खबर/ सरकारको डिजिटल पहलहरुसँगै भारतको वित्तीय परिवेश पछिल्ला केही वर्षहरूमा आमूल परिवर्तनबाट गुज्रेको छ । आस्क क्यापिटलको हालैको प्रतिवेदनले गहिरो इन्टरनेट प्रवेश पहुँच, कुशल र सस्तो फोर जी र फाईभ जी सेवाहरू जस्ता सक्षमकर्ताहरूका साथै सरकारी डिजिटल पहलहरूसँगै भारत सन् २०२८ सम्ममा १० खर्ब अमेरिकी डलरको डिजिटल अर्थतन्त्र बन्ने तयारीमा रहेको बताएको छ । […]
यसरी पुनरुत्थान हुँदैछ बंगलादेशको बैंकिङ अवस्था
बैंकिङ खबर/ बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमले देशमा धेरै उद्यमपुथल ल्याइदिएको छ । विद्यार्थीहरूले गरेको एक महिना लामो आन्दोलनले १५ वर्षदेखि शासन चलाएकी शेख हसिना देश छाडेर भाग्नुपर्यो । अहिले बंगलादेशमा नोबेल पुरस्कार विजेता तथा अर्थशास्त्री मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भइसकेको छ । ‘गरिबका ब्यांकर’ उपनाम पाएका युनुस र उनले स्थापना गरेको ग्रामीण ब्यांकले […]
विश्वका यी केन्द्रीय बैंकले घटाए ब्याजदर
बैंकिङ खबर/ विश्वका केन्द्रीय बैंकहरूले ब्याजदर घटाएका छन् । शक्तिशाली राष्ट्र अमेरिकाको फेडरल रिजर्भ बैंक (फेड)ले हालै ब्याजदर ०.५ प्रतिशत (५० आधार विन्दु)ले घटाएर ४.७५ देखि ५ प्रशितसम्म पुर्याएको छ । यस्तै यसअघि चीनले गत ७ साउनमा ब्याजदर १० आधार विन्दुले घटाएर ३.३५ देखि ३.८५ प्रतिशतसम्म सीमित गरेको थियो । गत ८ साउनमा श्रीलंकाले ब्याजदर […]
अमेरिकी केन्द्रीय बैंकले ४ वर्षपछि घटायो ब्याजदर
बैंकिङ खबर/ अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ(फेड) ले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । यो ब्याजदर कटौतीपछि अटो लोन, होम लोन, क्रेडिट कार्ड तथा बिजनेस लोन सस्तो पर्न जानेछ । विश्वव्यापी कोरोना महामारी शुरुवात भएको चार वर्षपछि फेडले […]
अमेरिकामा ब्याजदर घट्ने चर्चा : सुनको मूल्य हालसम्मकै उच्च
बैंकिङ खबर/ सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै गएको छ । शुक्रबारको तुलनामा आइतबार सुन प्रतितोला ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँ थियो । अमेरिकाकाको […]
यूरोपेली केन्द्रीय बैंकले ब्याजदर कटौती गर्ने संकेत
बैंकिङ खबर/ युरोपेली केन्द्रीय बैंकले ब्याजदर कटौती गर्ने संकेत गरेको छ। बढ्दो उपभोक्ता मूल्यलाई सम्बोधन गर्न सन् २०२२ को मध्यदेखि उच्च गतिमा दरहरू बढाएको यूरोपेली केन्द्रीय बैंक(ईसीबी)ले मुद्रास्फीति दर घटेकाले ब्याजदर कम गर्न थालेको हो। फ्रयाङ्कफर्टस्थित बैंकले गत जुनमा पहिलो पटक निक्षेपको ब्याजदर चार प्रतिशतबाट घटाएर ३.७५ प्रतिशतमा झारेको थियो । इसीबीको प्रशासकीय परिषद् (गभर्निङ […]
श्रीलंकाद्वारा वित्तीय स्थिरता कोष स्थापना गर्ने प्रस्तावलाई अनुमोदन
बैंकिङ खबर/ श्रीलंकाको मन्त्रिपरिषद्ले एक अर्ब श्रीलंकाली रुपैयाँ (तीन करोड ३० लाख अमेरिकी डलर) को प्रारम्भिक विनियोजनका साथ वित्तीय स्थिरता कोष स्थापना गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ । राष्ट्रपति रनिल विक्रमासिंघेले कोष स्थापना गर्न स्वीकृति माग गर्दै मन्त्रिपरिषद्मा प्रस्ताव पेश गरेको सूचना विभागले जनाएको छ । श्रीलंकाको केन्द्रीय बैंकले समाधान ढाँचालाई सुदृढ तुल्याउने कार्यलाई नियमन […]
चीनको केन्द्रीय बैंकले रोक्यो सुन खरिद
बैंकिङ खबर/चीनको केन्द्रीय बैंकले अगस्ट महिनाका लागि सुन खरिद नगर्ने निर्णय लिएको छ । शनिबार सार्वजनिक भएको आधिकारिक तथ्यांक अनुसार बैंकले यस्तो निर्णय लिएको रोयटर्सले उल्लेख गरेको छ । चीनको सुनको सम्पति गत महिनाको अन्त्यसम्ममा ७ करोड २८ लाख ट्रॉय औन्स रहेको छ । रिजर्भमा राखिएको सुनको मूल्य भने जुलाईको अन्त्यमा १७६.६४ अर्ब डलरबाट बढेर […]