बैंकिङ लगानी : कर्जा असुली र कर्जा सुरक्षण
रमेश कुमार पोखरेल । फिर्ता हुनेगरी लिए वा दिएको धन कर्जा हो । व्याज वा शुल्क लिई वा नलिई, समय किटान गरी वा नगरी, सुरक्षण राखी वा नराखी र अन्य शर्तहरु राखी वा नराखी कर्जा लिन वा दिन सकिन्छ । तर फिर्ता भने हुनैपर्छ, त्यसैले कर्जा प्रवाह गर्दा कर्जा लिने व्यक्ति वा संस्थाको फिर्ता गर्न सक्ने […]
सपना : बैंकको जागिर
विक्रम गौतम ६४ सालतिरको कुरा होला, बुटवल मिलन चोकको एउटा प्रख्यात ‘क’ श्रेणीको बैंकमा छिरेको थिए । बाबाले आफ्नो खातामा पैसा जम्मा गरिदिन पठाउनुभएको थियो । गर्मी मौसम थियो । भित्र छिर्ने वित्तिकै चिसो, आनन्दको आभास भएको थियो । उमेरले १६ लागेको थिए, ११ कक्षामा पढ्दै। त्यहि बेला कस्टुमर सर्भिसमा काम गर्ने एउटा दिदीले मिठो […]
हुण्डीको परिभाषा ? हुण्डी र रेमिट्यान्सका फरक दुई धार
हुण्डी : सरकारी तथ्यांकमा नआउने गरी व्यक्तिगत सम्पर्कका आधारमा अनौपचारिक माध्यमबाट भित्रिने रकम नै हुण्डी हो । हुण्डी अन्तरदेशबीच पैसा कारोबार गर्ने अवैध तरिका हो । दुवै देशमा सम्पर्क व्यक्तिहरू राखेर यस्तो कारोबार हुने गरेको छ । नेपालबाट कुनै पनि देशमा पैसा पठाउन हुण्डीका एजेन्टले आफ्नो एजेन्टलाई खबर गरेर एजेन्टमार्फत कारोबार गर्ने गर्दछन् । यसबापत उनीहरूले […]
नागरिक बचतपत्रमा लगानीको अबसर : बचत पत्र के हो ? फाइदा के के छन् ?
बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले ९ प्रतिशत ब्याज दिनेगरी नागरिक बचतपत्र जारी गरेको छ । राष्ट्र बैंकले बैंकले कुल २ अर्ब रुपैयाँको नागरिक बचतपत्र निष्कासन गरेको हो । ५ वर्षे अवधिको यस्तो बचतपत्रमा लगानी गरेपछि ६–६ महिनामा ब्याज पाइनेछ । कम्तीमा १० हजार रुपैयाँ र त्यसपछि १० हजारले भाग जाने अंकमा लगानी गर्न सकिन्छ। […]
सेयर तथा डिबेञ्चर लगानीका लागि राष्ट्र बैंकको व्यवस्था कस्तो छ ?
राष्ट्र बैंकबाट “क”, “ख” र “ग” वर्गका इजाजतपत्रप्राप्त संस्थाको वित्तीय स्रोतको लगानीका सम्बन्धमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी देहायका निर्देशन जारी गरिएको छ । १. लगानी नीति तथा कार्यविधि स्वीकृत गराएर मात्र लागू गर्नु पर्ने सरकारी सुरक्षणपत्र, नेपाल राष्ट्र बैंक ऋणपत्र तथा संगठित संस्थाहरुको सेयर तथा डिबेञ्चरमा […]
सुधारोन्मुख नेपालको मुद्रास्फीति
अपेक्षा ढुंगाना । बैंकिङ खबर । सर्वसाधारणले प्रयोग गर्ने समग्र वस्तु र सेवाहरूको औसत मूल्यस्तरमा निरन्तर भएको मूल्यवृद्धिको अवस्था मुद्रास्फीति हो । यसको मतलब केही वस्तु वा सेवाको मात्र मूल्यवृद्धि भएमा त्यसलाई मुद्रास्फीति भनिँदैन । यसका लागि समग्र मूल्यस्तरमा वृद्धि भएको हुनुपर्छ । केहीको मूल्य घटे पनि धेरैजसो वस्तु र सेवाको मूल्यवृद्धि भएको छ र […]
रकम नभएको चेक दिने पक्राउ, ४५ दिन कैद, ७० लाख जरिवानाको फैसला
बैंकिङ खबर । बैंकिङ कसुर मुद्दामा परेका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा ५८ वर्षिय सत्य नारायण प्रसाद रौनियार रहेका छन् । उनलाई उच्च अदालत पाटनले ४५ दिन कैद र ७० लाख रुपैयाँ जरिवानाको फैसला गरेको छ । बिरगंज घर भएका उनी हाल काठमाडौं बस्दै आएका थिए । आफ्नो खातामा पर्याप्त रकम नभएको […]
नेपालका बैंकहरुमा कासा अनुपातको चासो र महत्व
महेश राज जोशी । कुनै पनि बैंक तथा बित्तीय संस्थाको लागि असल कर्जा नै सबैभन्दा ठुलो सम्पत्ति हो भने कर्जा प्रवाह गर्न आवश्यक पर्ने सबैभन्दा ठुलो श्रोत निक्षेप हो । सर्बसाधारण व्यक्तिदेखि संस्थाहरुको निक्षेप संकलन गर्न विभिन्न सुबिधाहरु तथा ब्याज निर्धारण गरी बैंकहरुले बिभिन्न प्रकारका खाताहरु संचालनमा ल्याएका हुन्छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी […]
आइपिओ भर्ने सोचमा हुनुहुन्छ ? दुई कम्पनीको २८ लाख कित्ता आइपिओ आउँदै
बैंकिङ खबर । दुई कम्पनीको २८ लाख कित्ता साधारण सेयर (आइपिओ) निष्कासन हुने भएको छ । युनाईटेड इदी–मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेड र माउन्टेन इनर्जी नेपालको २८ लाख ४१ हजार भन्दा बढी कित्ता आइपिओ निश्कासन हुने भएको हो । दुवै कम्पनी हाइड्रोपावर रहेका छन् ।युनाईटेड इदी–मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडल कात्तिक २७ गतेबाट कम्पनीले दोस्रो […]
व्याज अत्याधिक घटेपछि बैंकमा बचत गर्नेहरु निराश हुन थाले
बैंकिङ खबर । व्याज अत्याधिक घटेपछि बैंकमा बचत गर्नेहरु निराश हुन थालेका छन् । हाल बैंक तथा वित्तीय संस्थाहरुमा ३ करोड भन्दा बढी निक्षेप खाता छन् जसमध्ये पनि अधिकांश बचत खाता रहेका छन् । जसले बैंकमा आफ्नो पूँजी सुरक्षित रहन्छ, चाहिएको बेला पाइन्छ र व्याज पनि पाइन्छ भन्ने आशले राखेका हुन्छन् । तर निक्षेपमा व्याज […]