उत्पादन क्षेत्रमा बैंकहरुको लगानी पुगेन, अटो र घरजग्गामा उच्च

वाणिज्य बैंकहरुले प्राथमिकता प्राप्त क्षेत्रमा कम्तिमा २५ प्रतिशत कर्जा लगानी गर्नु पर्ने व्यवस्था छ। 

२५ प्रतिशतमध्ये कृषिमा १० र उर्जा तथा पर्यटन क्षेत्रमा कम्तिमा १५ प्रतिशत कर्जा प्रवाह गर्नु पर्ने व्यवस्था रहे पनि बैंकहरु भने तोकिएको सीमासम्म पुग्न सकेका छैनन् । असोज मसान्तसम्ममा वाणिज्य बैंकहरूले कृषि क्षेत्रमा ६. ४ र उर्जा तथा पर्यटनमा ७. ६ प्रतिशतमात्र कर्जा लगानी गरेका छन् ।