कर्जा सूचना तथा कालोसूचीको प्रस्तावित मस्यौमाथि राष्ट्र बैंकले माग्यो सुझाव

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई राय–सुझाव उपलब्ध गराउन आग्रह गरेको छ । राष्ट्र बैंकले इजाजप्राप्त क, ख र ग वर्गका वित्तीय संस्थालाई जारी गरिएको कर्जा सूचना तथा कालोसूचीमा संशोधन तथा परिमार्जन गरी कर्जा सूचनासम्बन्धी व्यवस्थाको प्रस्तावित मस्यौदामाथि राय–सुझाव मागेको हो । राय–सुझाव मंसिर ३० गतेभित्र लिखित वा इमेलमार्फत पेश गर्नुपर्नेछ । […]


बैंकहरुले कर्जा स्वीकृत भएको ७ दिनभित्र सम्पूर्ण विवरण कर्जा सूचना केन्द्रमा अद्यावधिक गर्नुपर्ने

बैंकिङ खबर/ बैंकहरुले कर्जा स्वीकृत भएको ७ दिनभित्र सम्पूर्ण विवरण कर्जा सूचना केन्द्रमा पठाउनुपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको कर्जा सूचना तथा कालोसूचीसम्बन्धी व्यवस्था समयसापेक्ष संशोधन तथा परिमार्जन गरी कर्जा सूचनासम्बन्धी व्यवस्थाको प्रस्तावित मस्यौदामा यस्तो प्रावधान ल्याएको हो। प्रस्तावित मस्यौदामा बैंक तथा वित्तीय […]


गभर्नर अधिकारीको एक वर्षको भत्ता ४४ लाख ९७ हजार

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक वर्षको अवधिमा भत्ता तथा अन्य सुविधा शीर्षकमा ४४ लाख ९७ हजार रुपैयाँ बुझेका छन् । राष्ट्र बैंकको गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनअनुसार गभर्नरले एक वर्षमा १६ लाख ३२ हजार तलब बुझेका छन् । त्यस्तै ३ लाख ३३ हजार रुपैयाँ सञ्चालक समितिको बैठक भत्ता लिएका […]


पैसा धेरै भएपछि आज फेरि बजारबाट ४० अर्ब झिक्दै राष्ट्र बैंक

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम धेरै थुप्रिएपछि आज (बुधबार) पनि राष्ट्र बैंकले बजारबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । वित्तीय प्रणालीमा तरलता घटेको र यसअघि तानेको रकमको परिपक्को अवधि सकिएकाले पुनः ४० अर्ब रुपैयाँ झिक्न लागिएको राष्ट्र बैंकले जनाएको छ । निक्षेप बढिरहेको बेला कर्जा माग बढ्न नसक्दा बैंक […]


आवासीय व्यक्तिगत घर कर्जाको माग, झन्डै ४ खर्ब प्रवाह

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थामा आवासीय व्यक्तिगत घर कर्जाको माग बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले यस्तो कर्जाको माग बढेको देखाएको हो। तथ्यांकअनुसार चालु आर्थिक वर्षको तेस्रो महिना असोजसम्म बैंक तथा वित्तीय संस्थाबाट ३ खर्ब ९६ अर्ब ८८ करोड १८ लाख रुपैयाँ आवासीय व्यक्तिगत घर कर्जा प्रवाह भएको छ। अघिल्लो वर्ष असोजसम्म […]


कर्जाको औसत ब्याजदर ९% को लाइनमा

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको असोजमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर ९.३३ प्रतिशत रहेको छ। अघिल्लो वर्ष असोजमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर १२.११ प्रतिशत रहेको थियो। यसैगरी चालु आर्थिक वर्षको असोजमा कर्जाको भारित औसत ब्याजदर विकास बैंकहरुको १०.६३ प्रतिशत र वित्त कम्पनीहरुको ११.८६ प्रतिशत रहेको छ। […]


यस्तो छ देशको आर्थिक तथा वित्तीय स्थिति(पूर्णपाठ)

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत असोज मसान्तसम्ममा विप्रेषण आप्रवाह वृद्धि भई चार खर्ब सात अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा विप्रेषण आप्रवाह तीन अर्ब चार करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । गत असोज मसान्तसम्ममा खुद द्वितीय आय (खुद ट्रान्सफर) चार खर्ब ४२ […]


डेढ खर्ब बढीले निक्षेप बढ्दा कर्जा प्रवाह साढे २ प्रतिशतले वृद्धि(पूर्णपाठ)

बैंकिङ खबर/ गत तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १ खर्ब ७० अर्ब (२.६ प्रतिशत) ले बढेको छ।अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप रु.१५८ अर्ब ५० करोड (२.८ प्रतिशत) ले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८१ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १२.८ प्रतिशतले बढेको छ। २०८१ असोज मसान्तमा बैंक तथा […]


वाणिज्य बैंकहरुको सम्पतिमा वृद्धि

बैंकिङ खबर/ आर्थिक वर्ष २०८०/८१ मा वाणिज्य बैंकहरूको सम्पत्ति वृद्धि भएकाे छ । नेपाल राष्ट्र बैंकले अर्थ मन्त्रालयलाई बुझाएको प्रतिवेदनअनुसार गत आवमा ‘क’ वर्गका बैंकहरूको कुल सम्पत्ति र दायित्व १२.९ प्रतिशतले वृद्धि भई ७२ खर्ब २७ अर्ब ६० करोड पुगेको छ । गत आवमा विकास बैंकहरूको सम्पत्ति ७.९ प्रतिशतले वृद्धि भएको केन्दीय बैंककाे तथ्यांकमा उल्लेख […]


राष्ट्र बैंकको सम्पत्ति तथा दायित्व ३० प्रतिशतले बढ्यो

बैंकिङ खबर/ गत असार मसान्तसम्ममा नेपाल राष्ट्र बैंकको सम्पत्ति तथा दायित्व २० खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ । २०८० असार मसान्तको तुलनामा यो ३०.१५ प्रतिशतले बढेको हो । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आइतबार उपप्रधान तथा अर्थ मन्त्री विष्णु पौडेलसमक्ष गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेस गरेका छन् । प्रतिवेदनमा आर्थिक वर्ष २०८०/८१ को […]