Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

सुनको मूल्यमा उतारचढाव : १० महिनामै एक लाखको अन्तर!

२०८३ मंसिर ९ गते

बैंकिङ खबर /सुनको मूल्यमा पछिल्लो समय ठूलो गिरावट आएको छ। वर्षको सुरुवातमा ऐतिहासिक उचाइमा पुगेको सुन अहिले लगातार ओरालो लागिरहेको छ । गत जनवरी २९ मा नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको थियो। यो नेपाली बजारमा सुनको अहिलेसम्मकै उच्च मूल्य हो।

तर त्यसपछि सुनको मूल्यमा उतारचढाव हुँदै पछिल्लो समय उल्लेख्य गिरावट आएको छ। नोभेम्बर १९ मा सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्लो गिरावटसँगै सुनको मूल्य रेकर्ड मूल्यभन्दा झन्डै एक लाख रुपैयाँ तल पुगेको छ। अर्थात्, करिब १० महिनाको अवधिमा सुनको मूल्य प्रतितोला झन्डै एक लाख रुपैयाँले घटेको अवस्था छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्नु, अमेरिकी डलर बलियो हुनु र अमेरिकामा ब्याजदर बढ्न सक्ने अपेक्षाले सुनको मूल्यमा दबाब परेको विश्लेषण गरिएको छ।

सुनलाई सुरक्षित लगानीको माध्यम मान्ने गरिए पनि पछिल्लो मूल्य उतारचढावले सुनको बजारसमेत जोखिममुक्त नरहेको देखाएको छ। अन्तर्राष्ट्रिय बजारको अवस्था, डलरको विनिमय दर र विश्वव्यापी आर्थिक तथा राजनीतिक घटनाक्रमले आगामी दिनमा पनि सुनको मूल्यलाई प्रभावित पार्ने देखिन्छ।

Ad