सानिमा बैंकद्वारा दैवी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग
बैंकिङ खबर/ सानिमा बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग गरेको छ । असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाले निम्त्याएको बाढी, पहिरो र डुबानबाट पुगेको क्षतिबाट प्रभावितलाई सहयोग गर्न राहत स्वरुप बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम प्रदान गरेको हो । सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा […]
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा
बैंकिङ खबर/ ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०८०।०८१ का लागि लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफा तथा पुँजी समायोजन कोषसमेतबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार बैंकले चुक्तापुँजी ५.५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी […]
लुम्बिनी विकास बैंकलाई पाँच उपाधि
बैंकिङ खबर/ इण्डियन चेम्वर अफ कमर्सले आयोजना गरेको दोश्रो इमर्जिङ एशिया बैंकिङ अवार्डस् २०२४ को ८ विधा मध्ये लुम्बिनी विकास बैंकले पाँच विधामा सहभागिता जनाई पाँचैवटै विधामा उपाधि जित्न सफल भएको छ । इण्डियन चेम्बर अफ कमर्सले भारतको नयाँ दिल्लीमा आयोजना गरेको बैंकिङ कन्क्लेभ २०२४ मा लुम्बिनी विकास बैंकले बेष्ट बैंक, बेष्ट पर्फमेन्स अन रिस्क […]
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रभु ग्रुपको १ करोड ७५ लाख सहयोग
बैंकिङ खबर/ प्रभु समूहअन्तर्गतका चार कम्पनीले गत असोज १०–१२ सम्मको अविरल वर्षापछिको झरीबाट गएको बाढीपहिरो तथा डुबानबाट प्रभावितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ७५ लाख रुपैयाँको सहयोग रकम उपलब्ध गराएका छन्। बाढीपहिरो पीडितको खोजतलास, उद्धार र राहतमा सघाउने उद्देश्यले प्रभु समूहअन्र्तगतका प्रभु बैंक, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, प्रभु क्यापिटल र प्रभु इन्स्योरेन्सबाट […]
कुमारी बैंकले ल्यायो दशैं दक्षिणा अफर
बैंकिङ खबर/ अनवरत रुपमा नवप्रर्वतनमा आधारित उत्कृष्ठ सेवा प्रदान गरिरहेको कुमारी बैंकले आउँदो विजया–दशमीको अवसरमा आफ्ना सेवाग्राहीहरुलाई शुभकामना स्वरुप दशैं दक्षिणा अफर ल्याएको छ । घटस्थापना देखि महानवमी सम्मको ९ दिनका लागि दशैं उत्सव क्यासब्याक सञ्चालन गरिरहेको कुमारी बैंकले विजया दशमीको दिनमा मोबाईल बैंकिङ्गबाट रकम ट्रान्सफर गर्ने १,००० सेवाग्राहीहरुलाई ट्रान्सफर गरिएको रकमको २५ प्रतिशत वा […]
एभरेष्ट बैंक लिमिटेडको ३० औं वार्षिक साधारण सभा, १६ प्रतिशत बोनस प्रस्ताव पारित
बैंकिङ खबर/ एभरेष्ट बैंक लिमिटेडको ३० औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ । यस सभाले शेयरधनीहरुलाई आ.व २०८०/८१ का लागि १०.५ बोनस शेयर र ५.५३५ नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । […]
गैडाकोटमा कुमारी बैंकको उद्यमी प्रशिक्षण
बैंकिङ खबर/ कुमारी बैंकले गैडाकोटमा उद्यमीको व्यावसायिकता विकासका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले युसएडसँगको साझेदारीमा ‘देशै भरि वर्षै भरि’ उद्यमशिलता विकास एवं प्रवर्धनका लागि उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको छ । यस प्रशिक्षणले वित्तिय ज्ञान, सिप, मनोबृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यवहारिक रूपमा उद्यमशिलता प्रवद्र्धन तथा विकास हुने विश्वास लिएको कुमारी बैंकले […]
चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ
बैंकिङ खबर/वैदेशिक शिक्षाको अध्ययन गर्न जाने विद्यार्थीहरुलाई ऋण सहजताको लागि प्रभु बैंकले एजुकेसन हबको शुभारम्भ गरेको छ । आज नारायणगढमा एक कार्यक्रमका बीच बैंकले हबको शुभारम्भ गरेको हो । शैक्षिक ऋणका लागि यहाँका विद्यार्थी तथा अभिभावकलाई काठमाडौं जाने बाध्यता समेत हटेको उनले बताए । सो अवसरमा बोल्दै विशिष्ट अतिथि अधिकारीले यस सेवाबाट विद्यार्थी, अभिभावक, शैक्षिक […]
४७ हजार नक्कली नोटसहित दुई जना पक्राउ
बैंकिङ खबर/रौतहटबाट नक्कली नोटसहित दुई जना पक्राउ परेका छन् । चन्द्रपुर नगरपालिका-१० स्थित सडकबाट नेपाली एक हजार दरका ४७ थान नक्कली नोटसहित दुई जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा गढीमाई नगरपालिका-५ बस्ने ३६ वर्षीय रामकिशोर पटेल र ४० वर्षीय सन्तोष उपाध्याय छन् । इलाका प्रहरी कार्यालय डुमरियाबाट खटिएको प्रहरीले चपुरबाट गौरतर्फ […]
कृषि विकास बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख सहयोग
बैंकिङ खबर/कृषि विकास बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख आर्थिक सहयोग गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कृषि विकास बैंकले उक्त रकम हस्तान्तरण गरेको हो । चेक कृषि विकास बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेका हुन् । यही […]