Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

वार्षिक प्रतिवेदन प्रस्तुतिमा गरिमा विकास बैंकलाई साफाको अन्तर्राष्ट्रिय सम्मान

२०८३ मंसिर १३ गते

बैंकिङ खबर  / गरिमा विकास बैंक लिमिटेड दक्षिण एसियाली स्तरको प्रतिष्ठित ‘SAFA Best Presented Annual Report Awards 2025’ अन्तर्गत ‘Certificate of Merit’ सम्मानबाट सम्मानित भएको छ । बैंकले वित्तीय सेवा क्षेत्र (Financial Service Sector) विधामा उक्त सम्मान प्राप्त गरेको हो ।

दक्षिण एसियाली लेखा व्यवसायीहरूको महासंघ (South Asian Federation of Accountants–SAFA) ले प्रदान गर्ने उक्त सम्मान सन् २०२६ नोभेम्बर २८ मा बंगलादेशको ढाकामा आयोजित समारोहमा प्रदान गरिएको हो । द इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ बंगलादेश (ICAB) को आतिथ्यतामा समारोह आयोजना गरिएको थियो ।

SAFA ले दक्षिण एसियाली मुलुकका व्यावसायिक लेखा संस्थाहरूलाई एकीकृत गर्दै लेखा तथा वित्तीय प्रतिवेदनको गुणस्तर, पारदर्शिता, जवाफदेहिता र संस्थागत सुशासन प्रवर्द्धनका लागि काम गर्दै आएको छ । यसअन्तर्गत प्रदान गरिने वार्षिक प्रतिवेदन पुरस्कारले संस्थाहरूको वित्तीय विवरण प्रस्तुति, सूचना खुलासा र प्रतिवेदनको गुणस्तरलाई मूल्यांकन गर्ने गर्छ ।

यसअघि गरिमा विकास बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) द्वारा आयोजित ‘National Best Presented Annual Report Award 2025’ अन्तर्गत वित्तीय सेवा क्षेत्र विधामा ‘Silver Award’ प्राप्त गरेको थियो । राष्ट्रियस्तरको सम्मानपछि दक्षिण एसियालीस्तरमा समेत मान्यता प्राप्त गर्नुलाई बैंकको वित्तीय प्रतिवेदनको गुणस्तर र पारदर्शितासँग जोडेर हेरिएको छ ।

२०औँ वार्षिकोत्सव मनाइसकेको बैंकले गुणस्तरीय बैंकिङ सेवा, प्रविधिको प्रयोग, ग्राहक सन्तुष्टि तथा संस्थागत सुशासनलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ । बैंकले गुणस्तर व्यवस्थापन प्रणालीअन्तर्गत ISO 9001:2015 तथा सूचना सुरक्षा व्यवस्थापन प्रणालीअन्तर्गत ISO/IEC 27001:2022 प्रमाणपत्रसमेत प्राप्त गरेको छ ।

अन्तर्राष्ट्रियस्तरको उक्त सम्मानले बैंकको वित्तीय प्रतिवेदन, पारदर्शिता तथा संस्थागत जवाफदेहितासम्बन्धी अभ्यासलाई थप पहिचान दिएको छ । बैंकले यस उपलब्धिले आगामी दिनमा वित्तीय पारदर्शिता र संस्थागत सुशासनका उच्च मापदण्ड कायम राख्दै ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्न थप प्रेरणा मिलेको जनाएको छ ।

Ad