अर्थतन्त्र सुधारका लागि नागरिक र विज्ञसँग आयोगले माग्यो सुझाव

बैंकिङ खबर/ उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले अर्थतन्त्र सुधारका लागि सरकारले गर्नुपर्ने कामबारे आम नागरिक, उद्योगी व्यवसायी, संघसंस्था, सार्वजनिक निकाय, वैदेशिक लगानीकर्ता तथा विज्ञहरूबाट सुझाव माग गरेको छ । सरकारले असोज २१ गते गठन गरेको सो आयोगले ६ महिनाभित्र सरकारलाई आर्थिक सुधारका लागि सुझावहरू दिनेछ । सरकारलाई सुझाव दिनकै लागि आयोगले अहिले आम नागरिक, व्यवसायी, […]


सांसद भट्टचनको पहलमा मुस्ताङमा दुईवटा पुलको डिपिआर सर्वे

बैंकिङ खबर/प्रतिनिधि सभा सदस्य देवीप्रकाश भट्टचनको पहलमा मुस्ताङमा दुई वटा पुलको डिपिआर सर्वे भएको छ । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको दामोदरकुण्ड पदमार्ग र थासाङको गुरुसाङ्वो गुफा जाने पदमार्ग २ वटा झोलुङ्गे पुलको बुधबार डिपिआर सर्वे गरिएको हो । प्रतिनिधि सभा सदस्य भट्टचन, पूर्व प्रतिनिधि सभा सदस्य प्रेमप्रसाद तुलाचन र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल […]


अर्थतन्त्रमा सुधारको संकेत देखियो, व्यवसायीमा आत्मविश्वास बढ्यो : प्रधानमन्त्री

बैंकिङ खबर/प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सरकारको नेतृत्व गरेपछि अर्थतन्त्रमा सुधारका संकेत देखिन थालेको दाबी गरेका छन् । साथै प्रधानमन्त्रीले राष्ट्रियता सुशासन र विकासमा सरकारले कसैसँग कुनै सम्झौता नगर्ने समेत बताएका छन् । बुधबार सय दिने उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । ‘हामी सरकारमा आउँदा अर्थतन्त्र डामाडोल थियो । आज त्यसमा सुधारका संकेतहरु […]


आयातमा ४ र निर्यातमा ६ प्रतिशत बढीको संकुचन, घट्यो वैदेशिक व्यापार

बैंकिङ खबर/ नेपालको वैदेशिक व्यापारमा संकुचन आएको छ। भन्सार विभागले सार्वजनिक गरेको ताजा तथ्यांकअनुसार चालू आर्थिक वर्षको ३ महिनामा नेपालको वैदेशिक व्यापार ४.३५ प्रतिशतले घटेको हो। साउन, भदौ र असोजमा नेपालले कुल ४ खर्ब २९ अर्ब १३ करोड १० लाख ३८ हजारको व्यापार गरेको हो। अघिल्लो वर्षको सोही अवधिमा ४ खर्ब ४८ अर्ब ६३ करोड […]


नयाँ उचाइमा अमेरिकी डलर

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको विनिमय दर १३४.८२ रुपैयाँ (बिक्री दर) तोकेको छ । यो हालसम्मकै उच्च हो । पछिल्ला सातामा अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ निरन्तर कमजोर बन्दै आएको छ । सोही क्रममा डलरको विनिमय दरले निरन्तरजसो नयाँ रेकर्ड बनाउँदै आएको हो । यसअनुसार सोमबार एक अमेरिकी डलरको विनिमय दर १३४.८१ रुपैयाँ थियो । मंगलबार […]


तीन महिनामा थपियाे १ खर्ब ३६ अर्ब सार्वजनिक ऋण

बैंकिङ खबर/ नेपालले चालू आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् साउनदेखि असोजसम्ममा तिर्न बाँकी ऋण २५ खर्ब २३ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार तीन महिनामा १ खर्ब ३६ अर्ब ३१ करोड रुपैयाँ सार्वजनिक ऋण बढेको छ । जसमा १ खर्ब १५ अर्ब आन्तरिक ऋण र २१ अर्ब ३१ करोड […]


अर्थ मन्त्रालय व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रित हुने

बैंकिङ खबर/अर्थ मन्त्रालय अब व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रीत हुने भएको छ । अर्थ मन्त्रालयमा बसेको उच्च व्यवस्थापन समूहको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले थप पूँजी परिचालन र लगानी वृद्धिका लागि अर्थ मन्त्रालय व्यावसायिक र औद्योगिक वातावरण सहज बनाउन केन्द्रीत हुने बताएका हुन् । अर्थमन्त्री पौडेलले राजस्व संकलन र पूँजीगत खर्चका लागि अझ […]


रहेनन् पर्यटन व्यवसायी वसन्त मिश्र

बैंकिङ खबर/ पर्यटन व्यवसायी वसन्तराज मिश्रको उपचारका क्रममा ७२ वर्षको उमेरमा निधन भएको छ । मिश्र केही दिनअघि डेङ्गी लागेर नर्भिक अस्पताल भर्ना भएका थिए । मिश्रको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि कुपण्डोलस्थित निवासमा दुई घण्टा राखिने र दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । मुलुकको पर्यटन विकासका खातिर टेम्पल टाइगर ग्रुपका अध्यक्ष […]


अर्थ मन्त्रालयको तीन महिने कार्यप्रगति : उच्चस्तरीय आयोग गठनदेखि कन्ट्री क्रेडिट रेटिङसम्म

बैंकिङ खबर/ अर्थ मन्त्रालयले नयाँ सरकार गठन भएको तीन महिनाभित्रमा भएका महत्वपूर्ण कार्यहरू सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेका कार्यहरूमा मुलुकको अर्थतन्त्र सुधारका लागि सुझाव दिन उच्चस्तरीय आर्थिक सुधार आयोग गठन, आन्तरिक राजस्व परिचालन रणनीतिको कार्यान्वयन, कन्ट्री क्रेडिट रेटिङको तयारी पूरादेखि सङ्‍घीय संसदमा विधेयक पेशसम्म छन्। अर्थ मन्त्रालका प्रवक्ता महेश भट्टराईले अर्थतन्त्रमा चुनौतीहरू रहेपनि […]


डलरको भाउ नयाँ उचाइमा, नेपाली मुद्रा हालसम्मकै कमजोर

बैंकिङ खबर/ अमेरिकी डलरको भाउले फेरि नयाँ कीर्तिमानी बनाएको छ । योसँगै नेपाली मुद्रा पनि इतिहासकै कमजोर बनेको छ। नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विनिमय दरअनुसार १ अमेरिकी डलरको खरिददर १३४.२२ रुपैयाँ र बिक्रीदर १३४.८२ रुपैयाँ कायम भएको छ। जुन हालसम्मकै उच्च हो। यसअघि गत असोज २६ गते १ अमेरिकी डलरको खरिददर १३४.२० […]