दुुई महिनामा भित्रियो दुई अर्ब ७१ करोड वैदेशिक लगानी

बैंकिङ खबर/ चालु आर्थिक वर्षको दुई महिनामा पौनै तीन अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडिआइ) भित्रिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आवको साउन र भदौमा मुलुकमा दुुई अर्ब ७१ करोड रुपैयाँ भित्रिएको हो । अघिल्लो वर्ष सो अवधिमा तीन अर्ब प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो । गत वर्षको तुुलनामा २९ करोड रुपैयाँ […]


भदौमा भित्रियो १२६ अर्ब रेमिट्यान्स

बैंकिङ खबर/ एक महिनामा मात्रै १ खर्ब २६ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको भदौ महिनामा मात्रै सो बराबर रेमिट्यान्स आप्रवाह भएको हो । साउन महिनामा १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ बराबरको रेमिट्यान्स आएको थियो । योसँगै दुई महिनामा रेमिट्यान्स आप्रवाह २ खर्ब ६३ […]


अर्थतन्त्रबारे सुझाव दिन सरकारले बनायो उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग

बैंकिङ खबर/ सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल सरकारका पूर्व अर्थसचिव रामेशवर खनालको अध्यक्षतामा विज्ञहरुको पाँच सदस्यीय आयोग गठन गरेको हो । आयोगका सदस्यहरुमा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्राडा. रामप्रसाद ज्ञवाली, अर्थविद् डा. […]


ब्याजदर घटयो, कर्जा बढ्योः बैंकिङ क्षेत्र सुधार हुँदा अर्थतन्त्र ब्यूँतिने संकेत

बैंकिङ खबर/वाणिज्य बैंकहरूको ब्याजदर निरन्तर घट्दै गएको छ । निक्षेपको ब्याजदर १ वर्षदेखि लगातार घट्दै जाँदा कर्जाको ब्याजदर पनि सस्तिँदै गएको हो । अहिले बैंकहरूको आधारदर (बेसरेट) झण्डै ३ वर्ष यताकै कम भएको छ । बैंकहरूले २०८० कात्तिकदेखि महिनै पिच्छे निक्षेपको ब्याजदर घटाउँदा लागत घट्न गई बैंकहरूको आधारदर (बेसरेट) निकै सस्तिएको हो । वाणिज्य बैंकहरूले […]


नेपाली उत्पादनलाई ढाडस दिन ‘वित्तीय शिक्षा र उद्यमशीलता’ शुरु

काठमाडौं । मिडिया इन्टरनेशनल नेपालले नेपाली उत्पादनलाई ढाडस दिन ‘वित्तीय शिक्षा र उद्यमशीलता’ शुरु गरेको छ । विगतमा बैंकिङ एक्पो एवम् फाइनान्सिएल लिट्रेलि लगायतका कार्यक्रम गर्दै आएको इन्टरनेशनलले ‘वित्तीय शिक्षा र उद्यमशीलता’ शुरु गरेको हो । कार्यक्रमको नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा.नीलम ढुंगाना तिम्सिनाले समुद्घाटन गरेकी छन् । उनले पछिल्लो समय डिजिटल बैंकिङसँगै वित्तीय […]


आय विवरण दाखिला गर्ने म्याद थपमा विगतका सुविधा काटिएपछि चेम्बर असन्तुष्ट

बैंकिङ खबर/नेपाल चेम्बर अफ कमर्सले वार्षिक १ करोड रुपैयाँसम्म कारोबार गर्ने एकलौटी फर्म र शून्य कारोबार भएका निकायहरुसम्बन्धी आन्तरिक राजस्व विभागले गरेको निर्णयमा विमति जनाएको छ। आय विवरण दाखिला गर्ने म्याद थप नहुने विभागको निर्णयप्रति चेम्बरले ध्यानाकर्षण गरेको हो। त्यस्तै वार्षिक २५ करोड रुपैयाँसम्म कारोबार भएका निकाय र अन्य करदाताहरुको मंसिर मसान्तसम्म मात्र म्याद थप […]


साउनमा मात्रै भित्रियो १ खर्ब ३६ अर्बभन्दा बढी रेमिट्यान्स

बैंकिङ खबर/आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा रेमिट्यान्समा अघिल्लो वर्षको तुलनामा निकै सुधार देखिएको छ । साउन महिनामा मात्र रेमिट्यान्स आप्रवाह १८.० प्रतिशतले वृद्धि भई १ अर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ भित्रिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको […]


नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

बैंकिङ खबर/ आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ । यो आर्थिक वर्ष २०८०/८१ का लागि एडीबीको अनुमानित प्रक्षेपण ३.९ प्रतिशतभन्दा बढी हो । एडीबीको पछिल्लो प्रमुख आर्थिक प्रकाशन एसियन डेभलपमेन्ट आउटलुकले यस्तो देखाएको हो । ‘आन्तरिक मागमा वृद्धि, पूर्वाधार खर्चमा तीव्रता र पर्यटनसम्बन्धी सेवाहरूको […]


नेपालको निर्यात व्यापार ५ प्रतिशतले खस्कियो

बैंकिङ खबर/नेपालको निर्यात व्यापार घटेको छ। भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको दुई महिनामा ५.१२ प्रतिशतले घटेको हो। साउन र भदौमा नेपालले २५ अर्ब ९ करोड ३१ लाख ३ हजारको वस्तु विदेशमा निर्यात गरेको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २५ अर्ब ४४ करोड ७० लाख ३३ हजारको निर्यात भएको थियो। यता आयात भने १.०८ […]


एक करोडभन्दा कम कारोबार गर्नेलाई थपिएन आयकर बुझाउने म्याद

बैंकिङ खबर/सरकारले थोरै रकमको कारोबार गर्ने कम्पनीलाई आयकर विवरण बुझाउने म्याद नथप्ने निर्णय गरेको छ। तर, ठूलो रकम कारोबार गर्नेको हकमा भने आयकर विवरण बुझाउने समय थपिएको छ। आन्तरिक राजस्व विभागले जारी गरेको सूचनामा वार्षिक एक करोडसम्म कारोबार गर्ने एकलौटी फर्म र शून्य कारोबार भएका निकायको हकमा आय विवरण दाखिला गर्ने म्याद थप नगर्ने सूचनामा […]