Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकको सहायक पदका लागि पूर्वयोग्यता परीक्षा अनिवार्य

२०८३ कार्तिक ३० गते

बैंकिङ खबर / राष्ट्र बैंकको विज्ञापनअनुसार सहायक द्वितीय पदमा आवेदन दिन चाहने उम्मेदवारले लोक सेवा आयोगको एकीकृत परीक्षा प्रणालीअन्तर्गत सञ्चालित पूर्वयोग्यता परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ। उक्त परीक्षामा उत्तीर्ण भएको प्रमाणपत्र आवेदनसँगै पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।

त्यस्तै, सहायक निर्देशकका विभिन्न पदका लागि विषयअनुसार फरक-फरक शैक्षिक योग्यता तोकिएको छ। प्रशासन, लेखा तथा लेखापरीक्षण, वाणिज्य कानुन र सूचना प्रविधितर्फका उम्मेदवारले सम्बन्धित पदको विज्ञापनमा उल्लेखित शैक्षिक योग्यता तथा अन्य सर्त पूरा गरेको हुनुपर्नेछ।

राष्ट्र बैंकले महिला, आदिवासी जनजाति, मधेसी, दलित, अपाङ्गता भएका व्यक्ति तथा अन्य समावेशी समूहका उम्मेदवारका लागि समेत विज्ञापनमा तोकिएअनुसार अवसर छुट्याएको छ। पदगत योग्यता, उमेरको हद, परीक्षा प्रणाली, आवेदन शुल्क तथा छनोट प्रक्रियासम्बन्धी विस्तृत विवरण बैंकको आधिकारिक विज्ञापनमा उल्लेख गरिएको छ।

इच्छुक उम्मेदवारले नेपाल राष्ट्र बैंकको वेबसाइट www.nrb.org.np को करियर खण्ड वा अनलाइन आवेदन पोर्टल jobs.nrb.org.np मार्फत थप विवरण प्राप्त गरी आवेदन दिन सक्नेछन्।

Ad