राष्ट्र बैंकबाट “क”, “ख” र “ग” वर्गका इजाजतपत्रप्राप्त संस्थाको वित्तीय स्रोतको लगानीका सम्बन्धमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी देहायका निर्देशन जारी गरिएको छ ।
१. लगानी नीति तथा कार्यविधि स्वीकृत गराएर मात्र लागू गर्नु पर्ने
सरकारी सुरक्षणपत्र, नेपाल राष्ट्र बैंक ऋणपत्र तथा संगठित संस्थाहरुको सेयर तथा डिबेञ्चरमा गरिने लगानी सम्बन्धी नीति तथा कार्यविधि सञ्चालक समितिबाट स्वीकृत गराएर मात्र लागू गर्नु पर्नेछ ।
२. सरकारी सुरक्षणपत्र र नेपाल राष्ट्र बैंक ऋणपत्रमा लगानी सम्बन्धी व्यवस्था
इजाजतपत्रप्राप्त संस्थालाई सरकारी सुरक्षणपत्र र नेपाल राष्ट्र बैंक ऋणपत्रमा लगानी गर्न कुनै बन्देज
लगाइएको छैन ।
३. संगठित संस्थाको सेयर, डिवेञ्चर तथा अन्य लगानी सम्बन्धी व्यवस्था
(१) सर्वसाधारणमा सेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेको संगठित संस्थाको सेयर तथा डिबेञ्चरमा मात्र लगानी गर्नु पर्नेछ ।
धितोपत्र विनिमय बजारमा सूचीकृत भईनसकेको संगठित संस्थाको सेयर वा डिवेञ्चरमा लगानी गरेमा त्यस्तो लगानी गरेको मितिले ३ वर्षभित्र उक्त सेयर तथा डिबेञ्चर सूचीकृत नभएको खण्डमा लगानी भए बराबरको रकम सञ्चित मुनाफा खर्च गरी लगानी समायोजन कोषमा जम्मा गर्नु पर्नेछ । त्यस्तो कोषमा रहेको रकम उक्त सेयर तथा डिबेञ्चर सूचीकृत नभएसम्म उपयोग गर्न पाइने छैन । तर, प्रचलित कानुन बमोजिम सूचीकृत हुन नपर्ने संस्थामा इजाजतपत्रप्राप्त संस्थाको एकाउन्न प्रतिशत वा सो भन्दा बढी लगानी रहेको अवस्थामा र कर्जा सूचना केन्द्र लिमिटेड, Nepal Clearing House Ltd., National Banking Institute तथा पूर्वाधार विकास बैंकको सेयरमा गरेको लगानीमा लगानी समायोजन कोष कायम गर्न अनिवार्य हुने छैन ।
साथै, नेपालको भुक्तानी प्रणालीको आधुनिकीकरणका लागि पूर्वाधार तयार गर्न मद्दत पु-याउन कम्तीमा १५ वटा बैंक तथा वित्तीय संस्थाको संयुक्त लगानीद्वारा प्रवद्र्धित Payment Switch को कार्य गर्ने कम्पनीमा गरिएको लगानीको हकमा समेत लगानी समायोजन कोष कायम गर्नु
पर्ने छैन ।
(२) कुनै एक संगठित संस्थाको सेयर, डिबेञ्चर वा कुनै सामूहिक लगानी कोषमा लगानी गर्दा प्राथमिक पुँजीको १० प्रतिशतमा नबढ्ने गरी र सबै संगठित संस्थाको सेयर, डिबेञ्चर वा सामूहिक लगानी कोषमा बढीमा आनो प्राथमिक पुँजीको ३० प्रतिशतमा नबढ्ने गरी लगानी गर्न सकिने छ । त्यसैगरी, संगठित संस्थाको सेयर तथा डिबेञ्चरमा लगानी गर्दा लगानी हुने संस्थाको चुक्ता पुँजीको १० प्रतिशतसम्म मात्र लगानी गर्न सकिने छ । लगानी गर्दाको अवस्थामा तोकिएको सीमाभन्दा बढी लगानी गरेको भएमा यसरी बढी लगानी भएको रकम वरावर पुँजीकोष गणना गर्दा प्राथमिक पुँजीबाट घटाई पुँजीकोष कायम गरिनेछ ।
(३) आफ्नो वित्तीय स्वार्थ भएका कम्पनीमा गरिएको कुल लगानीको हकमा त्यस्तो लगानी आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म गर्न सकिनेछ । वित्तीय स्वार्थ भएको संगठित संस्थाका सेयर तथा डिवेञ्चरमा गरेको कुल लगानी रकमलाई पुँजीकोष गणना गर्दा प्राथमिक पुँजीबाट घटाई पुँजीकोष कायम गर्नु पर्नेछ ।
(४) Trading Book Activities मा हुने लगानी बढ्दै गएको र यसले संस्थाको लगानीमा निहित जोखिम
बढाउने देखिएकोले सम्बन्धित संस्थाले त्यस्ता कार्यहरुबाट हुन सक्ने जोखिमको न्यूनीकरणका लागि आवश्यक उपायहरु अवलम्बन गरेर मात्र लगानी गर्नुपर्ने छ । साथै, व्यापारिक लगानीमा आफ्नो प्राथमिक पुँजीको एक प्रतिशतसम्म मात्र लगानी गर्न सक्नेछन्।
(५) मुख्य कम्पनीको सञ्चालक समितिका अध्यक्ष/सदस्य सहायक कम्पनीको सञ्चालक समितिको अध्यक्ष/सदस्यको रुपमा रहन पाउने छैनन्।