बौद्धिक सम्पत्ति खरिद तथा प्रयोगबापत १ महिनामा नेपालबाट बाहिरियो १२ करोड रुपैयाँ
बैंकिङ खबर/चालू आर्थिक वर्षको पहिलो महिनामै बौद्धिक सम्पत्ति खरिदमा नेपालीले १२ करोड रुपैयाँ खर्च गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन महिनाको तथ्यांकमा बौद्धिक सम्पत्ति खरिद तथा प्रयोग गरेबापत नेपालबाट साउन महिनामा मात्रै १२ करोड ७ लाख रुपैयाँ बाहिर गएको हो। यस्तै सोही शीर्षकमा नेपालमा भने ५ लाख रुपैयाँ मात्रै भित्रिएको छ। नेपाल राष्ट्र […]
डिजिटल कारोबारलाई निःशुल्क बनाउने सरकारको तयारी
बैंकिङ खबर/सरकारले डिजिटल कारोबारलाई निःशुल्क बनाउने तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबारलाई निःशुल्क बनाउने विषयमा सरकार छलफलमा जुटेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा आज लेख्दै साना डिजिटल कारोबारमा लाग्ने शुल्कलाई व्यवस्थित र निःशुल्क बनाउने विषयमा सम्बन्धित अधिकारीसँग सरकार छलफलमा रहेको बताएका हुन् । एक जनाको समस्यालाई आफ्नो स्टाटसमा समेट्दै […]
होसियार, बढ्दैछ अनलाइनमार्फत ठगीको घटना
बैंकिङ खबर/ पछिल्लो समय अनलाइन ठगीका घटना बढ्दै गएको पाइएको छ । गएको आर्थिक वर्ष २०८०–८१ मा ३४ करोड ७२ लाख १५ हजार रुपैयाँको अनलाइन ठगी भएको देखिएको छ । नेपाल प्रहरीमा परेको उजुरीको आधारमा सो बराबरको अनलाइन ठगी भएको पाइएको हो । प्रहरीले प्राप्त उजुरीको आधारमा १६६ वटा मुद्दा अघि बढाएको छ । त्यसको […]
मौद्रिक नीतिमा आईटी क्षेत्र : आधार दरमा २ प्रतिशत भन्दा बढी प्रिमियम थपेर ब्याज लिन नपाइने
बैंकिङ खबर/ सूचना प्रविधि क्षेत्रमा दुई करोडसम्मको कर्जामा आधार दरमा दुई प्रतिशतभन्दा बढी प्रिमियम थपेर ब्याज लिन नपाइने भएको छ । आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो नीति ल्याएका हुन् । यो व्यवस्था लागु भएपछि आईटी क्षेत्रमा दुई करोडसम्मको कर्जा लिँदा वित्तीय संस्थाले आधार दरमा दुई प्रतिशतभन्दा भन्दा बढी […]
नेपालका बैंक तथा वित्तीय संस्थामा ‘मास आईटी आउटेज’को असर
बैंकिङ खबर/ नेपालमा पनि ‘मास आईटी आउटेज’को समस्या देखिएको छ । विश्वका एयरलाइन्स, बैंक तथा अन्य विभिन्न सेवामा असर पुगिरहेका बेला नेपालमा पनि माइक्रोसफ्ट ब्राउजर प्रयोग गर्ने बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, भुक्तानी सेवा प्रदायकलगायतलाई शुक्रबार असर गरेको हो। नेपालमा ब्राउज स्ट्राइक नामक एन्टिभाइरस प्रयोग गरिरहेका बैंक तथा वित्तीय संस्था र नेपाल क्लियरिङ हाउस […]
एनसेल वायर फ्री प्लस सेवामा छुट, अल्टिमा ग्याजेट निःशुल्क
बैंकिङ खबर/ मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले हाल सञ्चालनमा रहेको ‘सधैं अन’ योजनामा आधारित वायर फ्री प्लस सेवामा आकर्षक अफर ल्याएको छ । अब उपभोक्ताले भारी छुटमा बन्डल सेवाका साथै निःशुल्क अल्टिमाको एयरबड र स्मार्टवाच पाउन सक्ने एनसेलले जनाएको छ । वायर फ्री प्लस नवीन प्रविधिमा आधारित वायरलेस इन्टरनेट हो र यसमार्फत ग्राहकले बिनाझन्झट अनलिमिटेड इन्टरनेट […]
मोबाइल वालेट कारोबारलाई थप कडाइ गरिँदै
बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले मोबाइल वालेटमार्फत हुने कारोबारलाई थप कडाइ गर्ने भएको छ । यसअघि लचिलो नीति लिएको राष्ट्र बैंकले अब यसमा कडाइ गर्न लागेको हो । वालेटमार्फत हुने कारोबारमा जोखिम बढ्दै गएपछि केन्द्रीय बैंकले आफ्नो नीति पुनरवलोकन गरी कसिलो बनाउन लागेको हो । विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्न वालेट कम्पनीका लागि कारोबार सीमा बढाउनुका साथै […]
टेलिकमले ल्यायो मनसुन अफर, यस्ता छन् प्याकहरु ?
बैंकिङ खबर/ नेपाल टेलिकमले साउन १ देखि लागू हुने गरी मनसुन अफर २०८१ अन्तर्गत विभिन्न आकर्षक प्याक तथा सुविधाहरु उपलब्ध गराउने भएको छ। यस अन्तर्गत कम्पनीले विभिन्न सुविधा सहितका नयाँ भ्वाइस तथा डाटा प्याकेजहरु सञ्चालनमा ल्याउन लागेको टेलिकमले जनाएको छ। प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन समयावधि रहेको रु.१९९ देखिका कम्बो प्याकेजहरु उपलब्ध हुनेछन्। यस […]
विद्युतीय भुक्तानीमा नेपालले फड्को मार्दै
बैंकिङ खबर/ भारतीय नागरिक जस्तै चीन, बंगलादेश, श्रीलंकालगायत देशका नागरिकले पनि नेपाल आउँदा नगद बोक्नु नपर्ने र उनीहरुले ’क्यूआर कोड’ भुक्तानी गर्न सक्ने व्यवस्था हुन लागेको छ । नेपाल राष्ट्र बैंकले चीनको अलिपे, श्रीलंकाको लंकापे लगायतसँग अन्तरदेशीय कारोबारका लागि द्विदेशीय सम्झौता गर्ने तयारी गरेको र त्यसका लागि नेपाली कम्पनीहरुलाई अनुमति दिइसकेको नेपाल राष्ट्र बैंकका गभर्नर […]
नेपाल टेलिकमको सेवामा स्तरोन्नति, एफटीटीएच प्रविधिको सुरुवात
बैंकिङ खबर/नेपाल टेलिकमले पीएसटीएन र एडीएसएल सेवालाई आधुुनिक फाइबर प्रविधिको एफटीटीएच (फाइबर टुु द होम) नेटवर्कमा स्तरोन्नति गरेको छ । नक्सालस्थित कार्यालयमा कपर प्रविधिबाट सञ्चालित पीएसटीएन र एडीएसएल सेवा बन्द गर्दै टेलिकमले एफटीटीएच प्रविधिको सुरुवात गरेको हो । यो सँगै काठमाडौं उपत्यकाका अधिकांश स्थानको सेवा एफटीटीएचमा स्तरोन्नति भएको छ । पुरानो प्रविधिको अन्त्य र नयाँ […]