
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक पद धारण गरेपछि सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्थाअनुसार उनले बुधबार आफ्नो नाममा रहेको सम्पत्ति सार्वजनिक गरेका हुन्।
१४ करोडभन्दा बढी सेयर लगानी
गभर्नर पौडेलले विभिन्न सात कम्पनीमा संस्थापक सेयरधनीका रूपमा कुल १४ करोड ५ लाख ६७ हजार रुपैयाँ बराबरको लगानी रहेको घोषणा गरेका छन्।
उनले निम्न कम्पनीहरूमा प्रवर्द्धक सेयर लगानी गरेका छन्:
सानिमा बैंक
सानिमा हाइड्रोपावर
सानिमा मिडल तमोर हाइड्रो
ग्लोबेको प्रालि
संयुक्त उर्जा हाइड्रोपावर
चितवन इनर्जी
ग्लोबेको प्रालि (दोहोरो उल्लेख)
बैंक खातामा २० लाखभन्दा बढी बचत
गभर्नर पौडेलले आफू र श्रीमती प्रतिभा शर्माको नाममा विभिन्न बैंक खातामा कूल २० लाखभन्दा बढी रुपैयाँ रहेको बताएका छन्। साथै, सानिमा बैंकको डलर खातामा ५,500 अमेरिकी डलर रहेको पनि उनले उल्लेख गरेका छन्।
सुन, घरजग्गा र सवारी साधन
उनले त्यस्तै, उनले सम्पत्ति विवरणमा आफूसँग ४५ तोला सुन र १५ लाखको हिरा रहेको पनि उल्लेख गरेका छन् । त्यसबाहेक सानिमा बैंकमा २ लाख श्रीमती शर्माको नाममा रहेको घरजग्गा विवरणमा निम्न सम्पत्ति उल्लेख गरिएको छ:
ललितपुरको जग्गा : मूल्य १ करोड ५५ लाख रुपैयाँ
नवलपरासीको जग्गा : मूल्य ६० लाख रुपैयाँ
साथै, श्रीमती शर्माको नाममा ४४ लाख रुपैयाँ मूल्य बराबरको सुजुकी कार रहेको उनले घोषणा गरेका छन्।
Governor-Dr-Biswo-Nath-Poudel-Sampati-Bibaran-1_1
