Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंकिङ करियर

युनियन बैंक अफ इन्डियामा ३९५ अधिकृत तहका कर्मचारी माग

२०८३ श्रावण १० गते

बैंकिङ खबर / भारतको सरकारी स्वामित्वको युनियन बैंक अफ इन्डियाले आर्थिक वर्ष २०२६/२७ का लागि विभिन्न अधिकृत तहका पदमा ३९५ जना कर्मचारी भर्ना गर्ने भएको छ। बैंकले सार्वजनिक गरेको सूचनाअनुसार जुलाई २१ देखि अगस्ट १०, २०२६ सम्म अनलाइन आवेदन खुला रहनेछ। भर्ना प्रक्रिया नियमित सेवाअन्तर्गत हुने जनाइएको छ।
भर्नाअन्तर्गत म्यानेजर १६३, सिनियर म्यानेजर १५३, चिफ म्यानेजर ५२, असिस्टेन्ट जनरल म्यानेजर २० र डेपुटी जनरल म्यानेजर ७ पदमा आवेदन मागिएको छ।
यी पदहरूको वार्षिक अनुमानित सीटीसी (CTC) क्रमशः २१ लाखदेखि ४७ लाख भारतीय रुपैयाँसम्म रहेको बैंकले जनाएको छ। तलबसँगै महँगी भत्ता, विशेष भत्ता, आवास सुविधा वा घरभाडा, स्वास्थ्य उपचार खर्च तथा अन्य सेवा–सुविधा पनि उपलब्ध गराइने उल्लेख गरिएको छ। मुम्बईस्थित केन्द्रीय कार्यालय रहेको युनियन बैंक अफ इन्डियाले बैंकिङ तथा विशेषज्ञ सेवा क्षेत्रका अनुभवी अधिकृतहरूको स्थायी नियुक्तिका लागि आवेदन आह्वान गरेको हो।