Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
ट्रेन्डिङ

मालपोतबाट हुँदै आएको जग्गाको धितो रोक्का / फुकुवा अब बैंकवित्तबाटै हुने !

admin २०८३ बैशाख २८ गते
सेयर:

बैंकिङ खबर / सरकारले जग्गाको धितो रोक्का वा फुकुवा प्रक्रियालाई बैंकबाटै अनलाइन मार्फत गर्न सकिने व्यबस्था गरेको छ । यस कार्यले जग्गा रोक्का वा फुकुवा गर्नका लागि सेवाग्राहीले मालपोत धाउन नपर्ने भएको छ । भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयले शासकीय सुधार सम्बन्धी कार्यसूचीअन्तर्गत यो कार्य अघि सारेको हो ।

यस कार्यले अनावश्यक झन्झट र बिचौलियाबाट मुक्त हुने तथा डिजिटल सुशासन हासील गर्न सहज हुने विश्वास गरिएको छ । अब मालपोत कार्यालयबाट प्रदान हुँदै आएको धितोबन्धकी रोक्का फुकुवा सम्बन्धी सेवा अनलाइन प्रणालीमार्फत सञ्चालन हुने छ। तोकिएका बैंक तथा वित्तीय संस्थाबाट मिति २०८३ साल वैशाख २१ गतेदेखि नै यो नियम लागु गरिने छ । केन्द्रीय बैंकबाट अनुमति प्राप्त क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाले यो सेवा उपलव्ध गराउने छन् । यो सेवाका लागि अनुमति नलिएका वा अनलाइन सिष्टम सञ्चालनमा नआएका बैंक तथा वित्तीय संस्थालाई जेष्ठ १ गतेसम्म अनुमति लिएर सेवा सुचारु गर्न भनिएको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।