बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले ठूला तथा समस्यामा परेका सहकारी संस्थाहरूको वित्तीय अवस्था अध्ययन गर्न स्थलगत निरीक्षण गरेको छ।
सार्वजनिक समाचारअनुसार राष्ट्र बैंकका उपनिर्देशक गेजा पंगेनीको नेतृत्वमा १० सदस्यीय टोलीले राष्ट्रिय सहकारी प्राधिकरणको सहजीकरणमा सहकारीहरूको निरीक्षण गरेको थियो। निरीक्षणका क्रममा १२ वटा सहकारीको अध्ययन सम्पन्न गरी प्रतिवेदन तयार गर्ने प्रक्रिया अघि बढाइएको थियो।
निरीक्षणका क्रममा कर्जा प्रवाह, धितोको पर्याप्तता, सञ्चालकले लिएको कर्जा, कर्जा अभिलेखको अवस्था तथा बचत संकलनमा दिइने कमिसनलगायतका विषयमा अध्ययन गरिएको समाचारमा उल्लेख छ।