
बैंकिङ खबर / आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिमा नयाँ स्वतन्त्र सञ्चालक थपिएकी छन् । संस्थाले रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा कल्पना केसीलाई नियुक्त गरेको छ ।
संस्थाको सञ्चालक समितिको १८३औँ बैठकले केसीलाई स्वतन्त्र सञ्चालकका रूपमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि उक्त जिम्मेवारीमा रहेकी सम्झना श्रेष्ठले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएपछि नयाँ नियुक्तिको प्रक्रिया अघि बढाइएको थियो ।
श्रेष्ठको राजीनामा कात्तिक १६ गतेदेखि लागू हुने गरी सञ्चालक समितिले स्वीकृत गरेको छ । उनको स्थानमा नियुक्त भएकी केसी काठमाडौं महानगरपालिका-९, बत्तीसपुतली निवासी हुन् ।
नयाँ नियुक्तिबारे संस्थाले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई समेत जानकारी गराएको छ । यससँगै आरम्भ चौतारी लघुवित्तको स्वतन्त्र सञ्चालक पदमा केसीले जिम्मेवारी सम्हाल्ने भएकी छन् ।