Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

सानिमा रिलायन्स लाइफद्वारा विद्यालयलाई शैक्षिक सामग्री सहयोग

२०८३ आश्विन २८ गते

बैंकिङ खबर  /  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत काठमाडौंको शंखरापुर नगरपालिका–५, पालुबारीस्थित श्री क्षितिज जनजागृत विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ । कम्पनीले विद्यालयका विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुर्‍याउने उद्देश्यले कापी तथा पेन्सिल वितरण गरेको हो । शैक्षिक सामग्रीको उपलब्धतालाई सहज बनाउने र विद्यार्थीको अध्ययन प्रक्रियामा सहयोग पुर्‍याउने लक्ष्यसहित कम्पनीले उक्त कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

कार्यक्रममा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक नरेश कुमार थापा र साँखु उपशाखा प्रमुख रोजिना मानन्धरसहित कम्पनीका अभिकर्ता तथा कर्मचारीहरूको सहभागिता रहेको थियो । कम्पनीका अनुसार सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको उक्त सहयोगले विद्यार्थीहरूको शैक्षिक गतिविधिमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बीमा सेवासँगै संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत समुदायका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने पहल गरेको छ । विद्यालयलाई शैक्षिक सामग्री सहयोग गर्ने कार्यक्रम कम्पनीको शिक्षा केन्द्रित सामाजिक उत्तरदायित्व गतिविधिको एक उदाहरणका रूपमा रहेको छ ।