
बैंकिङ खबर / होण्डा नेपालले दशैँको अवसरमा सञ्चालन गरेको ‘यो दशैँ, आशाको सुरुवात’ अभियानअन्तर्गत सातै प्रदेशका पहिलो तीन साताका विजेता सार्वजनिक गरेको छ । ग्राहकलाई नगद पुरस्कार प्रदान गर्ने योजनासँगै विजेताले प्राप्त गर्ने रकम बराबरकै थप रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने कम्पनीको घोषणाले यस अभियानलाई सामाजिक उत्तरदायित्वसँग पनि जोडेको छ ।
नेपालका लागि होण्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होण्डा छ साथ साथ’ कार्यक्रममार्फत उक्त योजना सञ्चालन गरेको हो । कम्पनीले ‘सहयोगको संकल्प’ नाम दिएको यस अभियानअन्तर्गत सातै प्रदेशबाट प्रत्येक साता एक-एक जना विजेता छनोट गरी १० हजारदेखि एक लाख रुपैयाँसम्म नगद पुरस्कार जित्ने अवसर प्रदान गरेको थियो ।
कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार पहिलो तीन सातामा सातै प्रदेशबाट गरी २१ जना विजेता छनोट भएका छन् । पहिलो सातामा प्रदेश १ बाट रामचन्द्र न्यौपाने, प्रदेश २ बाट अफजल मियाँ, प्रदेश ३ बाट गोकुलप्रसाद ओली, प्रदेश ४ बाट विज्ञान लामा, प्रदेश ५ बाट कृष्णबहादुर खड्का, प्रदेश ६ बाट पदमबहादुर शाही र प्रदेश ७ बाट मदन यादव विजेता बनेका छन् ।
पहिलो साताका विजेतामध्ये अफजल मियाँले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् भने पदमबहादुर शाहीले ५० हजार रुपैयाँ जितेका छन् । अन्य पाँच विजेताले जनही १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
त्यसैगरी दोस्रो सातामा प्रदेश १ बाट विकासकुमार यादव, प्रदेश २ बाट सुन लामा, प्रदेश ३ बाट राजु महर्जन, प्रदेश ४ बाट बलराम थापा, प्रदेश ५ बाट पुष्पा थारु, प्रदेश ६ बाट मानसिंह दाहाल र प्रदेश ७ बाट विनिता पाठक विजेता बनेका छन् । दोस्रो सातामा मानसिंह दाहालले एक लाख रुपैयाँ तथा बलराम थापाले ५० हजार रुपैयाँ पुरस्कार जितेका छन् । राजु महर्जनले २५ हजार रुपैयाँ र अन्य चार विजेताले जनही १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
तेस्रो साताका विजेतामा प्रदेश १ बाट आशिष राई, प्रदेश २ बाट सुशीलकुमार श्रीवास्तव, प्रदेश ३ बाट दिशान्त विष्ट, प्रदेश ४ बाट मनोज घिमिरे, प्रदेश ५ बाट दामोरबहादुर बुढाथोकी, प्रदेश ६ बाट प्रोभिन्स आयुर्वेद हस्पिटल एण्ड रिसर्च सेन्टर र प्रदेश ७ बाट जुजेस्टर राणा रहेका छन् । तेस्रो साताका सबै विजेताले जनही १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
यस योजनाको विशेष पक्ष पुरस्कार वितरणमा मात्र सीमित छैन । कम्पनीले विजेतालाई प्रदान गरिने नगद रकम बराबरकै थप रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने प्रतिबद्धता जनाएको छ । यस व्यवस्थाअनुसार ग्राहकले पुरस्कार प्राप्त गर्दा विपद् प्रभावितको सहयोगका लागि पनि समान रकम योगदान हुने कम्पनीको भनाइ छ । यसबाट ग्राहक सहभागितालाई सामाजिक सहयोगसँग जोड्ने उद्देश्य राखिएको देखिन्छ ।
यसैबीच, ग्राहकको उत्साहजनक सहभागिता र होण्डा ब्रान्डप्रति प्राप्त मायालाई ध्यानमा राख्दै कम्पनीले योजना आगामी मंसिर १४ गते अर्थात् नोभेम्बर ३० सम्म विस्तार गरेको छ । समयावधि थपिएसँगै थप ग्राहकले योजनामा सहभागी भई पुरस्कार जित्ने अवसर पाउने कम्पनीले जनाएको छ ।
स्याकार ट्रेडिङ कम्पनीले सार्वजनिक भएका सम्पूर्ण विजेतालाई बधाई दिँदै होण्डाप्रति नेपाली ग्राहकले देखाएको विश्वास र मायाप्रति आभार व्यक्त गरेको छ ।