Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अटो-मार्केट

होण्डाको फेस्टिभ अफर, १० लाखसम्म छुटसँगै ५ वर्ष सर्भिसिङ फ्री

२०८३ आश्विन ९ गते

बैंकिङ खबर / नेपालका लागि होण्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालिले दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ। कम्पनीले ‘फेस्टिभ अफर होण्डाको सफर’ नामक योजनामार्फत नयाँ कार खरिद गर्ने ग्राहकलाई विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने जनाएको छ।

योजनाअनुसार ग्राहकले नयाँ होण्डा कार खरिद गर्दा १० लाख रुपैयाँसम्म नगद छुट प्राप्त गर्न सक्नेछन्। यससँगै एक आर्थिक वर्षको सडक कर र पूर्ण बीमाको सुविधा पनि निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ।

ग्राहकलाई थप सुविधा दिने क्रममा कम्पनीले पाँच वर्षसम्म निःशुल्क सर्भिसिङ तथा एक वर्षको निःशुल्क सडक सहायता उपलब्ध गराउने व्यवस्था गरेको छ।

त्यस्तै, पुरानो सवारीसाधन दिएर नयाँ होण्डा कार खरिद गर्न चाहने ग्राहकका लागि एक्सचेन्ज सुविधा र अतिरिक्त एक्सचेन्ज बोनसको व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

कार खरिदका लागि वित्तीय सुविधा आवश्यक पर्ने ग्राहकलाई स्याकार हायर पर्चेज र एनआईसी एशिया बैंकसँगको सहकार्यमा कम ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराइनेछ।

कम्पनीका अनुसार यो योजना सेप्टेम्बर २५ देखि नोभेम्बर १६, २०२६ (छठ पर्व) सम्म देशभर रहेका होण्डा कारका शोरुममा लागू हुनेछ।

यस योजनामा होण्डा सीआर–भी, एलिभेट, सिटी र सिटी ईःएचईभी लगायतका मोडल समावेश छन्। योजनाअन्तर्गत उपलब्ध छुट तथा सुविधामा कम्पनीले निर्धारण गरेका नियम तथा सर्तहरू लागू हुने जनाइएको छ।