काठमाडौं / नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई एटीएम मेसिनबाट १०० रुपैयाँ दरका नोटसमेत वितरण गर्न आग्रह गरेको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघलाई पत्र पठाउँदै हाल एटीएमबाट मुख्यतः १ हजार र ५ सय रुपैयाँ दरका नोट वितरण हुँदै आएको भन्दै १०० रुपैयाँ दरका नोटसमेत वितरणको व्यवस्था मिलाउन आग्रह गरेको हो […]