बैंकिङ खबर/ विश्वकै सबैभन्दा सानो स्वतन्त्र राष्ट्र भ्याटिकन सिटीको बैंकिङ प्रणाली अन्य देशको तुलनामा फरक छ। नेपालमा सर्वसाधारणलाई वित्तीय सेवा दिन दर्जनौँ बैंक तथा वित्तीय संस्था सञ्चालनमा छन्। तर भ्याटिकन सिटीमा व्यावसायिक वित्तीय गतिविधिका लागि अधिकृत संस्था एउटा मात्रै छ। त्यसलाई इन्स्टिच्युट फर द वर्क्स अफ रिलिजन (आईओआर) भनिन्छ, जुन ‘भ्याटिकन बैंक’ का नामले परिचित छ। […]