Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

स्वरोजगार लघुवित्तमा नेतृत्व परिवर्तन हुँदै, उप्रेतीको राजीनामा स्वीकृत

२०८३ मंसिर ७ गते

बैंकिङ खबर / स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकृष्ण उप्रेतीले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । संस्थाको सञ्चालक समितिले उनको राजीनामा स्वीकृत गर्दै नायब प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद न्यौपानेलाई कायम मुकायम सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।

संस्थाको सञ्चालक समितिको मंसिर ४ गते बसेको ३१७औँ बैठकले उप्रेतीको राजीनामा स्वीकृत गरेको हो । व्यक्तिगत तथा घरायसी समस्याका कारण पदबाट राजीनामा दिएको जानकारी उप्रेतीले संस्थामार्फत नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई गराएका छन् । सञ्चालक समितिले उप्रेतीको राजीनामा २०८३ मंसिर १६ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ । सोही मितिदेखि अर्को व्यवस्था नभएसम्मका लागि नायब प्रमुख कार्यकारी अधिकृत न्यौपानेलाई कामु सीईओको जिम्मेवारी प्रदान गर्ने निर्णयसमेत गरेको छ ।

उप्रेती २०७९ पुस ४ गतेदेखि पुनः नियुक्त भई संस्थाको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा कार्यरत थिए । उनको राजीनामा लागू भएपछि संस्थाको कार्यकारी नेतृत्व न्यौपानेले सम्हाल्नेछन् । यसअघि स्वरोजगार लघुवित्तले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी २०८३ भदौ २१ गतेदेखि एकीकृत कारोबार सुरु गरेको थियो । प्राप्तिपछि एकीकृत रूपमा सञ्चालन भइरहेको संस्थामा अब कार्यकारी नेतृत्वसमेत परिवर्तन हुने भएको छ ।

Ad