सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विहीबार (पुस ७ गते) देखि ललितपुर स्थित आफ्नोे भैंसेपाटी शाखाबाट एटीएम सेवा सञ्चालनमा ल्याएको छ । यससँगै बैंकको कुल एटीएम संख्या ५३ पुगेको छ । जसमध्ये, २७ वटा एटीएम उपत्यका भित्र छन् भने २६ वटा एटीएम उपत्यकाबाहिर छन् ।
यसबाहेक, बैंकले आफ्नो ५८ वटा शाखा र ७२ वटा शाखारहित आधुनिक बैकिङ्ग सेवाबाट करिब ४ लाख १७ हजार ग्राहकहरुलाई सेवा प्रदान गरिरहेकोे छ ।


