December 13th, 2019

नेपालमा रेमिट्यान्स घट्दो क्रममा


स्मारीका अग्रवाल । बैंकिङ खबर । नेपालमा रेमिट्यान्सले महत्वपूर्ण स्थान ओगटेको छ । तर वर्तमान समयमा भने रेमिट्यान्स घट्न थालेको राष्ट्र बैंक तथा विज्ञहरुको धारणा छ । गत आर्थिक वर्षमाभन्दा चालू आर्थिक वर्षमा रेमिट्यान्स घटेपछि राष्ट्र बैंकले यसको कारण समेत खोज्न थालेको छ । देशको आर्थिक मेरुदण्डको रुपमा रहेकोे रेमिटयान्सको रकम गत आर्थिक वर्षको तुलनामा खस्किदै गएपछि राष्ट्र बैंकको समेत ध्यान यसतर्फ तानिएको छ ।
देशमा विभिन्न कारणवश आएका विभिन्न उत्तारचढाव, गत वर्षमा भन्दा डलरको विनिमय दरमा आएको उतार चढावले रेमिट्यान्समा हस आएको हुन सक्ने बैंकले जनाएको छ ।
बैंंक तथा वित्तीय संस्थाले रेमिट्यान्स पठाउँदा चर्को कमिसन लिने तथा हुण्डीबाट पनि धेरै रकम भित्रिएकोले रेमिट्यान्सबाट रकम कम आउने बैंकको आंकलन छ ।
त्यस्तै, विदेश गएका नेपालीहरुले पनि उतै बस्ने तथा उतै पैसा राख्ने गरेकाले पनि यसमा कमी आएको हुन सक्ने विज्ञहरुको धारणा रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]