बैंकिङ खबर । बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा बढेको छ । हालसालै सार्वजनि गरिएको वाण्ज्यि बैंकहरुको वार्षिक रिर्पोट अनुसार चालु आर्थिक तथ्यांकमा अधिकांशको खराब कर्जा बढेको छ । यद्यपी केही बैंकहरुले खराब कर्जा घटाएका छन् । तर अधिकांशको खराब कर्जा बढेका कारण औषतमा खराब कर्जा बढेको हो । खराब कर्जा अत्याधिक बढ्नेमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक नै रहेको छ । बैंकको खराब कर्जा करिब ५ अर्ब ९५ करोड पुगेको छ । यस्तै, नेपाल बैंकको २ अर्ब ९६ करोड, कृषि विकास बैंकको २ अर्ब ८१ करोड, नबिल बैंकको १ अर्ब ६१ करोड, प्रभु बैंकको २ अर्ब ३९ करोड, कुमारी बैंकको १ अर्ब ५४ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकको ३ अर्ब ९८ करोड, ग्लोबल आइएमई बैंकको ३ अर्ब ३९ करोड, सिटिजन्स बैंकको ३ अर्ब ३७ करोड, सिद्धार्थ बैंकको १ अर्ब ९० करोड, एनसीसी बैंकको १ अर्ब ७४ करोड, बैंक अफ काठमाण्डूको १ अर्ब ६१ करोड, प्राइम बैंकको १ अर्ब ६८ करोड छ ।
एभरेष्ट बैंकको १ करोड ३५ लाख, मेगा बैंकको १ अर्ब ७६ करोड, एनएमबी बैंकको ३ अर्ब ५४ करोड, सेञ्चुरी बैंकको १ अर्ब ५६ करोड, सनराइज बैंकको १ अर्ब ४१ करोड, एनआईसी एशिया बैंकको १ अर्ब २१ करोड, लक्ष्मी बैंकको १ अर्ब ३२ करोड रहेको बैंकर्स संघले जनाएको छ ।