बैंकिङ खबर। नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा सुकुन्तलाल हिराचन निर्वाचित भएका छन् । हिराचन ४० मत प्राप्तगरी निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी डीबी बस्नेतले ३१ मत पाए । हिराचनले किशोरकुमार प्रधान समूहबाट वस्तुगत सदस्यमा उम्मेदवारी दिएका थिए । उनी नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष समेत हुन् ।