२०८३ बैशाख १४ गते

जव सुरक्षा अनुसन्धान व्यूरोले नविल बैंकको विज्ञप्ति झुटो सावित गरिदियो !

 बैंकिङ खबर / पूर्व गृहमन्त्री सुधन गुरुङको बैंक एकाउन्ट कान्तिपुरलाई नविल बैंकले नै उपलव्ध गराएको रहस्य खुलेको छ । उक्त विषयमा नेपाल प्रहरी अनुसन्धान व्यूरोले नविल बैंकको विज्ञप्ति झुटो सावित गरिदिएको छ । यसअघि नविल बैंकले आफूलाई बचाउ गर्दै विज्ञप्ति निकालेको थियो । सुधन गुरुङको व्यक्तिगत बैंक विवरण नविल बैंकले नै कान्तिपुरलाई दिएको सुरक्षा निकायको विज्ञप्तिपछि थाहा भएको छ । कान्तिपुर पत्रिकामा सुधन गुरुङको बैंक विवरण सार्बजनिक भएपछि उक्त विवरण आफूले नदिएको नविल बैंकले दावी गरेको थियो । नविल बैंकले सुरक्षा अनुसन्धानबाट कान्तिपुरले सूचना लिएको हवला दिँदै आफ्नो गल्ती ढाकछोप गरेको थियो । तर नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्युरोले नविल बैंकको विज्ञपीतलाई खण्डन गर्दै नविल बैंकसँग सुरक्षा निकायले गुरुङको बैंक एकाण्ट माग्नुपर्ने कुनै कारण नरहेको स्पष्ट पारेको छ ।

केन्द्रीय अनुसन्धान व्यूरोले नविल बैंक र सुधन गुरुङको बैंक विवरण कुनै पनि अनुसन्धानको विषय नभएको समेत बताएको छ । कान्तिपुर दैनिकले सुरक्षा स्रोतलाई उल्लेख गरेर समाचार छापेको भन्दै नविल बैंकले आफ्नो गल्ती ढाकछोप गर्न विज्ञप्ति निकालेको थियो ।
यस घटनापछि गृहमन्त्री सुधन गूरुङको बहिरगमनको विषयमा नविल बैंक प्रत्यक्ष रुपमा जोडिएको छ । विवादीत व्यबसायी दिपक भट्टसँग साँठ गाँठ गरेर गृहमन्त्रीलाई हटाउन नविल बैंक र चौधरी ग्रुपले सहयोग गरेको यस घटनाले प्रमाणीत गरिदिएको छ ।

यस अघि रबी लामीछाने गृहमन्त्री हुँदा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा उद्योगपति विनोद चौधरी तानिएका थिए । नविन बैंक उनै विनोद चौधरीको लगानी रहेको बैंक हो । यस बैंकका सिइओ मजोज ज्ञवाली पनि कांग्रेस निकटमा मानिन्छन् । त्यतिबेला बहालवाला काँग्रेसका साँसद चौधरीले आफुले कव्जा गरेको बाँसबारी छालाजुत्ता कारखानाको जग्गा फिर्ता गर्न बाध्य भएका थिए । उक्त काण्डमा चौधरी तानिएको केही दिनमै सरकार परिवर्तन भएर रबी लामिछाने मन्त्रीबाटै आउट भएका थिए । अहिले त्यस्तै घटना रीपीट भएको छ । जहाँ रबी लामीछाने जस्तै सुधन गुरुङ मन्त्रीबाट आउट भएका छन् । सुधन गुरुङको सम्पति विवरण र बैक एकाउन्टको डिटल कान्तिपुर पत्रिकाले प्रकाशीत गरेपछि उक्त पत्रिकाका म्यनेजिङ डिरेक्टर सम्भव सिरोहीयाले समेत राजीनामा गरेका छन् । जसरी रबी लामीछानेलाई त्यो समय गृहमन्त्रीबाट हटाइएको थियो अहिले उसैगरी सुधन गुरुङलाई हटाइएको छ ।

यस्तो थियो नविल बैंकको झुटो विवरण