Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

कामना सेवा विकास बैंक र कर्मचारीद्वारा बाढी प्रभावितका लागि २५ लाख सहयोग

२०८३ भाद्र ११ गते

बैंकिङ खबर /  कामना सेवा विकास बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

बैंकका अनुसार उक्त रकममध्ये १० लाख रुपैयाँ संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत बैंकले उपलब्ध गराएको हो। बाँकी १५ लाख रुपैयाँ बैंकमा कार्यरत कर्मचारीको एक दिनको तलबबाट संकलन गरिएको हो। बैंक र कर्मचारीबाट प्राप्त कुल २५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको बैंकले जनाएको छ।

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवार तथा समुदायको तत्कालीन आवश्यकता सम्बोधन गर्दै राहत, उद्धार र पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको बैंकले जनाएको छ।

बैंकले प्राकृतिक विपद्का कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, विपद्को समयमा उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, सरकारी तथा गैरसरकारी निकाय, स्थानीय तह, स्वयंसेवक र सहयोगीप्रति आभार व्यक्त गरेको छ।

बैंकले प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेको भन्दै विपद्को यस कठिन समयमा सहयोगका लागि सरोकारवालालाई आह्वानसमेत गरेको छ।