आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले दुई दिने त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ । माघ ७ र ८ गते कृषि विकास बैंक, क्षेत्रीय तालिम केन्द्र विरेन्द्रनगर, चितवनमा सं संचालित गोष्ठीमा वर्तमान परिस्थितीमा विपन्न वर्गमा लघुवित्त कार्यक्रमको प्रभावकारीताको समिक्षा, शाखा कार्यालयहरुको लक्ष्य प्रगती तथा व्यक्तित्व विकासका विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलाल, योजना तथा वित्त विभाग प्रमुख प्रमोद भट्टराई, मानव संशाधन तथा कार्यसंचालन विभाग प्रमुख जीवन खनाल, कर्जा तथा अनुगमन विभाग प्रमुख रविन खतिवडा, सामान्य सेवा विभाग प्रमुख दिपेन्द्र खनाल, अनुगमन अधिकृतहरु सुजित खतिवडा, अशोक कोईराला र सुशिल पौडेलले कार्यक्रममा विविध विषयमा सहभागीहरुलाई तालिम दिएका थिए ।
कार्यक्रममा प्रभु मनी ट्रान्सफरका संजय थापाले वर्तमान स्थितीमा ग्रामिण जनता समक्ष मनी ट्रान्सफरले दिएको सेवाको बारेमा छलफल गरेका थिए ।