Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
आजको विशेष

सर्वोच्चको आदेशसँगै बैंकको सिइओकै रुपमा फर्किए ज्योति प्रकाश पाण्डे !

२०८३ जेष्ठ ६ गते
सेयर:

बैंकिङ खबर / सर्वोच्च अदालतको आदेशसँगै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डे पुन बैंक फर्किएका छन् । सर्वोच्च अदालतले उनलाई जेठ १ गते रिहा गर्न आदेश जारी गरेको थियो । बैंकले एक विज्ञप्ति जारी गरी सिइओ पाण्डेले बेंकको कार्यभार संहालेको उल्लेख गरेको छ । प्रचलित कानूनको शासन र न्यायपालिकाप्रति पूर्ण प्रतिबद्ध रही नियमनकारी निकायको निर्देशन अनुसार काम गरिएको भन्दै बेंकले आगामी दिनमा अनुसन्धान निकायलाई पूर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ । बैंकले भनेको छ- विद्यमान प्रचलित कानूनको अधीनमा रही गरिएका बैंकका सम्पूर्ण कामकारबाही निक्षेपकर्ता, लगानीकर्ता, शेयरधनी तथा सम्पूर्ण सरोकारवालाको हितलाई केन्द्रमा राखेर सम्पन्न गरिएको र हाल आएको आदेशले बैंकलाई अझ दृढताका साथ सम्पूर्ण सरोकारवालाको हितमा काम गर्न थप ऊर्जा, आत्मविश्वास र हौसला प्रदान गरेको छ ।