Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

व्यवसाय पुनरुत्थानलाई १४ अर्बको बजेट

२०७८ जेष्ठ १५ गते

बैंकिङ खबर/ सरकारले व्यवसाय पुनरुत्थानको लागि १४ अर्बको बजेट छुट्याएको छ ।

आर्थिक वर्ष २०७८/ ८९ को बजेट मार्फत कोभिड–१९ प्रभावित उद्योग व्यवसायीहरुलाई व्यवसायिक पुनरुत्थान लागि को लागि १४ अर्ब रुपैयाँ बजेट छुट्याएको छ । अर्थमन्त्री  विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै  ब्याजमा सहुलियता, पुर्नकर्जाका साथै व्यवसायिक उत्थानका लागि उक्त रकम छुट्याइएको बताउनुभयाे । 

कोरोनाले थला परेको उद्योगहरुलाई ५ प्रतिशतमा दिइरहेको कर्जालाई सरकारले निरन्तरता दिने भएको छ । युवा उद्योगीलाई स्टार्टपअ उद्योग सञ्चालन गर्न २५ लाख रुपैयाँ १ प्रतिशत व्याजमा दिने भएको छ ।

कारोनाको कारणले थला परेको पर्यटन, चलचित्र उद्योग, जिम, सञ्चार गृहले नविकरण गर्दा नविकरण शुल्क छुट पाउने भएका छन् । नयाँ दर्ताका लागि पनि विना शुल्क नै हुने व्यवस्था गरेको छ ।