बैंकिङ खबर / भोटेकोशीमा आएको भीषण बाढीपछि उद्धार, राहत तथा खोजीकार्यलाई सहज बनाउन सरकारले चार जिल्लामा नेपाल टेलिकमको फोन तथा डेटा सेवा निःशुल्क गर्ने निर्णय गरेको छ ।
अर्थ मन्त्रालयका अनुसार बाढी प्रभावित चार जिल्लामा नेपाल टेलिकमका ग्राहकले फोन तथा डेटा सेवा निःशुल्क प्रयोग गर्न पाउनेछन्। विपद्का बेला सञ्चार सम्पर्क सहज बनाउँदै उद्धार तथा खोजीकार्यमा सहयोग पुर्याउने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो ।
यसैगरी, सरकारले निजी हेलिकप्टरलाई समेत उद्धार, राहत तथा खोजीकार्यमा परिचालन हुन निर्देशन दिएको छ। उद्धार, राहत र खोजीकार्यका लागि परिचालन हुने निजी हेलिकप्टरले छुट्टै अनुमति लिनु नपर्ने निर्णयसमेत सरकारले गरेको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्रता दिन सञ्चार सेवा र हवाई उद्धारलाई सहज बनाउने गरी सरकारले यस्तो व्यवस्था गरेको हो ।