बैंकिङ खबर । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद सेयर निष्काशन गरेपछि आईपिओ निष्काशन गर्ने भएको छ । संस्थाको दोस्रो साधारण सभा कात्तिक २२ गते होटल प्यासिफिक, धनकुटामा हुने भएको छ । साधारण सभाको विशेष प्रस्तावमा पूँजी वृद्धि अभियानको लागि २ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने रहेको छ । सो हकप्रद सेयर पछिको जारी पुँजीमा सर्वसाधारण समूहका लागि ३० प्रतिशतका दरले १ लाख ८० हजार कित्ता आइपिओ निष्कासन गर्ने प्रस्ताव साधारण सभामा पेश गर्ने भएको छ ।
