३.६५ प्रतिशतले घट्यो गाडी कर्जा

बैंकिङ खबर/ चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउन–असोज)सम्मको तथ्यांकअनुसार समीक्षा अवधिसम्म बैंकहरुबाट १ खर्ब २४ अर्ब ९४ करोड ५१ लाख रुपैयाँ गाडी कर्जा प्रवाह भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकबाट १ खर्ब २९ अर्ब ६७ करोड ९८ लाख रुपैयाँ गाडी कर्जा गएको देखिन्छ। अघिल्लो वर्षको तुलनामा गाडी कर्जा ३.६५ प्रतिशतले घटेको छ। बैंकहरुबाट व्यावसायिक […]


वाणिज्य बैंकहरुको खुद निष्क्रिय कर्जा अनुपात बढ्यो

बैंकिङ खबर/वाणिज्य बैंकहरुको खुद निष्क्रिय कर्जा अनुपात (नेट एनपीएल) १.४८ प्रतिशत देखिएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरुको प्रमुख वित्तीय सूचक सम्बन्धी तथ्यांकले यस्तो देखाएको हो । समीक्षा अवधिमा वाणिज्य बैंकहरुको कुल निष्क्रिय कर्जा अनुपात ४.२८ प्रतिशत छ । तर, उनीहरुको खुद निष्क्रिय कर्जा […]


राष्ट्र बैंक : गभर्नरसहित दर्जन कार्यकारी निर्देशकको कार्यकाल सकिँदै

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसहित दर्जन कार्यकारी निर्देशकको कार्यकाल सकिन लागेको छ । अधिकारी २०७६ चैत २४ गते गभर्नरमा नियुक्त भएका थिए । उनको ५ वर्षे कार्यकाल आगामी चैत २५ देखि सकिँदैछ । यसैबीच राष्ट्र बैंकका अधिकृत विशिष्ट (कार्यकारी निर्देशक) पदमा कार्यरत एक दर्जनको अवकाश हुँदैछ । आगामी एक वर्षभित्र करिब १ […]


मौद्रिक नीतिको समीक्षा यही साताभित्र ल्याउने राष्ट्र बैंककाे तयारी

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा यही साताभित्र ल्याउने तयारी गरेकाे छ। बैंकले हरेक आर्थिक वर्षको सुरु भएको १५ दिनभित्र वार्षिक मौद्रिक नीति ल्याउनैपर्छ। केन्द्रीय बैंकले हरेक त्रैमासिक र अर्धवार्षिक मौद्रिक समीक्षा पनि ल्याउनुपर्छ। त्रैमासिक र अर्धवार्षिक मौद्रिक सीमक्षा भने त्रैमास सकिएको ४५ दिनभित्र सार्वजनिक गर्ने गरिन्छ। राष्ट्र बैंकका सहप्रवक्ता डिल्लीराम […]


तीन महिनामा ४ खर्ब २ अर्ब अन्तर–बैंक कारोबार

बैंकिङ खबर/चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा बैंक तथा वित्तीय संस्थामा अल्पकालीन अवधिको लागि हुने कारोबार घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कमा चालु आर्थिक वर्षको ३ महिनामा अन्तर बैंक कारोबार घटेको देखिएको हो। चालु आवकाे तीन महिना (साउन– असाेज) मा ४ खर्ब २ अर्ब ४५ करोडको अन्तर–बैंक कारोबार भएको छ । जसमा वाणिज्य […]


बैंकिङ प्रणालीबाट फेरि ५० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

बैंकिङ खबर/ केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्ने भएको छ । अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि पैसा खिच्न लागेको हो। यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ […]


चार महिनामा एक खर्ब १२ अर्ब बढ्यो कर्जा प्रवाह

बैंकिङ खबर/ चालु आवको चार महिना कात्तिकसम्ममा बैंकहरूबाट जाने कर्जा प्रवाह एक खर्ब १२ अर्ब रुपैयाँले बढेको छ। अन्य महिनाको तुलनामा कात्तिकमा भने एक अर्बले कर्जा प्रवाह घटेको बैंकरहरूले बताएका छन् । असोज मसान्तसम्म वाणिज्य बैंकहरूले ४६ खर्ब ८२ अर्ब रुपैयाँ कर्जा लगानी गरेकोमा कात्तिकमा एक अर्बले घटेर ४६ खर्ब ८१ अर्ब पुगेको छ। गत […]


क्रेडिट रेटिङः बैंकलाई प्रत्यक्ष फाइदा

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाले विदेशबाट ल्याउने ऋणको ब्याजदर १.५ प्रतिशतसम्म घट्ने भएको छ । नेपालले ‘सार्वभौम क्रेडिट रिपोर्ट’ प्राप्त गरेसँगै यो अवस्था बनेको हो । नेपालको क्रेडिट रेटिङ गरेको फेच एजेन्सीका लागि नेपाली सल्लाहकार स्ट्यान्डर्ड चार्टर्ड बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत गोरखशम्शेर राणाका अनुसार जोखिम प्रिमियम घट्दा यस्तो ब्याजदर घट्ने भएको हो । […]


कर्जा सूचना तथा कालोसूचीको प्रस्तावित मस्यौमाथि राष्ट्र बैंकले माग्यो सुझाव

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई राय–सुझाव उपलब्ध गराउन आग्रह गरेको छ । राष्ट्र बैंकले इजाजप्राप्त क, ख र ग वर्गका वित्तीय संस्थालाई जारी गरिएको कर्जा सूचना तथा कालोसूचीमा संशोधन तथा परिमार्जन गरी कर्जा सूचनासम्बन्धी व्यवस्थाको प्रस्तावित मस्यौदामाथि राय–सुझाव मागेको हो । राय–सुझाव मंसिर ३० गतेभित्र लिखित वा इमेलमार्फत पेश गर्नुपर्नेछ । […]


बैंकहरुले कर्जा स्वीकृत भएको ७ दिनभित्र सम्पूर्ण विवरण कर्जा सूचना केन्द्रमा अद्यावधिक गर्नुपर्ने

बैंकिङ खबर/ बैंकहरुले कर्जा स्वीकृत भएको ७ दिनभित्र सम्पूर्ण विवरण कर्जा सूचना केन्द्रमा पठाउनुपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको कर्जा सूचना तथा कालोसूचीसम्बन्धी व्यवस्था समयसापेक्ष संशोधन तथा परिमार्जन गरी कर्जा सूचनासम्बन्धी व्यवस्थाको प्रस्तावित मस्यौदामा यस्तो प्रावधान ल्याएको हो। प्रस्तावित मस्यौदामा बैंक तथा वित्तीय […]