Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

एटीएमबाट १०० रुपैयाँका नोट वितरण गर्न राष्ट्र बैंकको निर्देशन

२०८३ भाद्र २९ गते

काठमाडौं / नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई एटीएम मेसिनबाट १०० रुपैयाँ दरका नोटसमेत वितरण गर्न आग्रह गरेको छ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघलाई पत्र पठाउँदै हाल एटीएमबाट मुख्यतः १ हजार र ५ सय रुपैयाँ दरका नोट वितरण हुँदै आएको भन्दै १०० रुपैयाँ दरका नोटसमेत वितरणको व्यवस्था मिलाउन आग्रह गरेको हो ।

नजिकिँदै गरेको बडादशैंलाई लक्षित गर्दै राष्ट्र बैंकले यस्तो आग्रह गरेको हो। दशैंको समयमा बैंक तथा वित्तीय संस्थामा साना दरका नोट साट्ने ग्राहकको भीड बढ्ने भएकाले एटीएमबाटै १०० रुपैयाँका नोट उपलब्ध गराउन सके ग्राहकको सुविधा बढ्नुका साथै बैंकमा हुने भीडसमेत कम गर्न सकिने राष्ट्र बैंकको भनाइ छ ।

राष्ट्र बैंकले यस विषयमा केही बैंकहरूसँग मौखिक जानकारी लिँदा प्राविधिक रूपमा यस्तो व्यवस्था गर्न सकिने जानकारी प्राप्त भएको जनाएको छ।
राष्ट्र बैंकले आम सर्वसाधारणको सुविधा र चाडपर्वको समयमा बैंकमा हुने भीड व्यवस्थापनलाई ध्यानमा राख्दै एटीएमबाट १०० रुपैयाँ दरका नोट वितरण गर्ने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थालाई अनुरोध गरेको छ ।