वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्न राष्ट्र बैंक प्रतिवद्ध छः गभर्नर

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्न राष्ट्र बैंक प्रतिवद्ध रहेको बताएका छन् । राष्ट्र बैंकको ६९ औं वार्षिकोत्सवको अवसरमा शुभकामना संदेश दिंदै उनले यस्तो बताएका हुन् । साथै उनले मुलुकले परिलक्षित गरेको आर्थिक विकासका लक्ष्य प्राप्तिमा सहयोग पुर्याउन राष्ट्र बैंक सदा समर्पित रहने प्रतिवद्दता जनाएका छन्। शुभकामना संदेशमा […]


ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. गौतम र सि.ए वशिष्ठ नियुक्त

बैंकिङ खबर/ ज्योति क्यापिटल लिमिटेडको वैशाख १३ गते बिहीबार सम्पन्न सञ्चालक समितिको ४८ औं बैठकले प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए. मन्दिप वशिष्ठलाई क्यापिटलको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागका प्राध्यापक डा.गौतमले रणनितीक व्यवस्थापनमा विद्यावारिधि तथा व्यवस्थापन र सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेका छन् । प्रा.डा. गौतमसंग एसियन ईन्स्टीच्यिुट अफ […]


नौ महिनामा १ खर्ब १० अर्ब जीवन बीमाशुल्क संकलन, कुनको कति ?

बैंकिङ खबर/चालु आर्थिक वर्ष २०८०–८१ को तेस्रो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरुले १ खर्ब १० अर्ब ८ करोड २७ लाख ५६ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । गत आवको सोही अवधि (९ महीना) मा १ खर्ब ४ अर्ब ७३ करोड ४८ लाख २१ हजार रुपैयाँ कुल बीमा शुल्क उठाएका थिए । समीक्षा अवधिमा […]


सहकारीका समस्या समाधानका लागि छुट्टै कानून बनाइने

बैंकिङ खबर/ सरकारले विद्यमान कानुन र संरचनाबाट सहकारीका समस्या समाधान नहुने निष्कर्षसहित छुट्टै कानुन बनाउनुपर्ने निष्कर्ष निकालेको छ । सहकारीपीडितका समस्या समाधान गर्न सरकारले छुट्टै कानून बनाउने निर्णय गरेको हो । मन्त्रीपरिषद्को आज बसेको बैठकले सहकारी संकट र बचतकर्ताले बेहोर्नुपरेका समस्या समाधान गर्न छुट्टै कानुनी प्रबन्ध गर्ने निर्णय गरेको छ । बैठकले तत्काल कानूनी व्यवस्था […]


अब प्राविधिक सेवा आयात गर्न विदेशी मुद्रा सटही सुविधा पाइने

बैंकिङ खबर/सरकारले प्रविधिसँग सम्बन्धित सामग्री तथा सेवा आयातका लागि विदेशी मुद्राको सटही सुविधा उपलब्ध गराउने भएको छ । कुनै पनि लगानीकर्ताले प्राविधिक सामग्री तथा सेवा आयात गर्न विदेशी मुद्राको सटही नपाउने समस्या नरहने भन्दै सरकारले सहजीकरण गरेको हो । सरकारले नेपालमा लगानी गर्न चाहने लगानीकर्ताका लागि विदेशी मुद्राको सटही सुविधा नपाउने समस्या अन्त्य गर्नका लागि […]


घट्यो बैंकहरुको बेस रेट, तीन वटा बैंकको बाहेक सबैको रेट एकल अंकमा

बैंकिङ खबर/ वैशाखमा वाणिज्य बैंकहरुको आधार दर बेस रेट घटेको छ । वैशाखमा वाणिज्य बैंकहरुको औसत आधार दर ०.३० प्रतिशतले घटेको छ भने औसत आधार दर ८.७५ प्रतिशत रहेको छ । चैत महिनामा भने वेस रेट ९.०६ प्रतिशत थियो । कुुमारी, हिमालयन र प्राइम कमर्सियल बाहेक अन्यको बेस रेट एकल अंकमा आएको छ । स्टाण्डर्ड […]


लक्ष्मी सनराइज बैंकको काठमाडौं उपत्यकाभित्र २ वटा शाखा स्थानान्तरण

बैंकिङ खबर/लक्ष्मी सनराइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरु स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको महाराजगञ्जमा अवस्थित २ शाखामध्ये १ शाखा अब भक्तपुर जिल्ला स्थित सूर्यविनायक नगरपालिकाको वडा न. २, बालकोटमा स्थानान्तरण गरिएको छ । त्यसैगरी, काठमाडौं महानगरपालिकाको पेप्सिकोलामा अवस्थित २ मध्ये १ शाखा अब भक्तपुर जिल्ला स्थित मध्यपुर ठिमी नगरपालिकाको वडा न. […]


साधना र सबैको लघुवित्तबीच मर्जर सम्बन्धी अन्तिम सम्झौता

बैंकिङ खबर/ साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर हुने सम्झौता भएको छ । यी २ संस्थाबीच मर्जर हुने अन्तिम सझौतामा बुधबार हस्ताक्षर भएको हो । मर्जर सम्बन्धी अन्तिम सझौतामा दुवै कम्पनीका अध्यक्षले बुधबार हस्ताक्षर गरेका हुन् । सबैकोको केन्द्रीय कार्यलय गोर्खाको हरमटारीमा रहेको छ भने साधनाको केन्द्रीय कार्यलय तनहूँको डुम्रेमा रहेको छ ।


आगामी पाँच वर्षमा  विप्रेषण आप्रवाह वार्षिक ५.४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण

बैंकिङ खबर/ आगामी पाँच वर्षसम्म नेपालको विप्रेषण आप्रवाह वार्षिक ५.४ प्रतिशतका दरले वृद्धि हुने प्रक्षेपण गरिएको छ। बजार अनुसन्धान संस्था रिसर्च एण्ड मार्केटले सार्वजनिक गरेको नेपालको अन्तर्राष्ट्रिय रेमिट्यान्स व्यापार र लगानीका अवसर सम्बन्धी अनुसन्धान प्रतिवेदनमा यस्तो प्रक्षेपण गरिएको हो । संस्थानका अनुसार विप्रेषण अप्रवाह बजारले सन् २०२३ मा ८.४% वृद्धि हासिल गरेको छ। सन् २०२४ […]


बजेट निर्माणः अर्थमन्त्रीले लिए ७ पूर्वअर्थमन्त्रीसँग सुझाव

बैंकिङ खबर/अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेटबारे पूर्वअर्थमन्त्रीहरुसँग सुझाव लिएका छन् । अर्थमन्त्री पुनले बुधबार पूर्वअर्थमन्त्रीहरु डा. प्रकाशचन्द्र लोहनी, डा. प्रकाशशरण महत, डा. युवराज खतिवडा, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र शंकरप्रसाद कोइरालासँग सुझाव लिएका हुन् । त्यस क्रममा पूर्वअर्थमन्त्रीहरुले महात्वाकांक्षी र पपुष्लिट नभई कार्यान्वयन हुन सक्ने गरी यथार्थपरक बजेट ल्याउन […]