Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

नयाँ आर्थिक बर्षका लागि २१ खर्ब २४ अर्बको बजेट प्रस्तुत

२०८३ जेष्ठ १५ गते

सरकारले आगामी आर्थिक वर्षको लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्को संयुक्त सदनमा बजेट प्रस्तुत गरेका हुन् । सरकारले यसअघिको चालु आर्थिक वर्षमा कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको थियो ।
चालुतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ भने पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। वित्तीय व्यवस्थातर्फ सरकारले ४ खर्ब २२ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। सरकारले आगामी आर्थिक वर्षको लागि गरेको खर्च अनुमान व्यहोर्ने स्रोतमध्ये २ खर्ब ४७ अर्ब २८ करोड वैदेशिक ऋणबाट र ४ खर्ब १० अर्ब आन्तरिक ऋणबाट स्रोत व्यवस्थापन गरिने, राजस्व १४ खर्ब ५ अर्ब ३१ करोड रुपैयाँ संकलन हुने अनुमान र वैदेशिक अनुदानबाट ६१ अर्ब ७४ करोड तथा अपुग हुने ६ खर्ब ५७ अर्ब २९ करोड ऋणमार्फत स्रोत व्यवस्थापन गरिने घोषणा गरेको छ ।