Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Top Banner

आज र भोलि खरीद गर्न पाउँछ : असर्फी र मेडालियनको मूल्य कति ?

२०८३ कार्तिक २० गते

बैंकिङ खबर / नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै बिक्री सुरु गरेको सुनको असर्फी र चाँदीको मेडालियनको मूल्य निर्धारण गरेको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले २.५ ग्राम तौलको सुनको असर्फीको मूल्य प्रतिथान ६५ हजार ४०० रुपैयाँ कायम गरेको हो ।

त्यस्तै, १० ग्राम तौलको चाँदीको मेडालियनको मूल्य प्रतिथान ३ हजार ८०० रुपैयाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले तिहारको अवसरमा सर्वसाधारणका लागि आजदेखि दुई दिनसम्म सुन तथा चाँदीका सिक्का बिक्री गर्ने व्यवस्था मिलाएको छ । बबरमहलस्थित टक्सार महाशाखाबाट बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सिक्का बिक्री भइरहेको छ ।

यस वर्ष राष्ट्र बैंकले सुनको असर्फीसमेत बिक्रीमा ल्याएको छ । गत वर्ष सुन अभावका कारण चाँदीका सिक्का मात्रै बिक्री गरेको राष्ट्र बैंकले यसपटक वाणिज्य बैंकहरूबाट ३५ किलोग्राम सुन खरिद गरी असर्फी बिक्री सुरु गरेको हो ।

राष्ट्र बैंकको व्यवस्थाअनुसार एक जना व्यक्तिले २.५ ग्राम तौलको एउटा सुनको असर्फी र १० ग्राम तौलका बढीमा तीनवटासम्म चाँदीका सिक्का खरिद गर्न सक्नेछन् ।

Ad