Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Top Banner

राष्ट्र बैंकमा जागिर खाने हो ? कात्तिक २७ गते प्रकाशित हुँदैछ सूचना !

२०८३ कार्तिक २३ गते

बैंकिङ खबर / नेपाल राष्ट्र बैंकले प्रशासन तथा प्राविधिक सेवातर्फ रिक्त रहेका पदहरूमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गर्ने भएको छ। 

बैंकको मानव संसाधन व्यवस्थापन विभागले २०८३ असार मसान्तसम्म रिक्त रहेका प्रशासन तथा प्राविधिक सेवाका पदहरू पूर्ति गर्ने प्रक्रिया अघि बढाएको हो। यससम्बन्धी दरखास्त आह्वानको सूचना बैंकको वेबसाइट, इन्ट्रानेट तथा सूचनापाटीमा २०८३ कात्तिक २७ गते प्रकाशन गरिने बैंकले जनाएको छ। इच्छुक उम्मेदवारले विद्युतीय माध्यमबाट दरखास्त फाराम भर्न तथा बुझाउन सक्नेछन्। उक्त दिन गोरखापत्र दैनिक प्रकाशित नहुने भएकाले सूचना कात्तिक २५ गतेको गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशन हुने व्यवस्था मिलाइएको बैंकले जनाएको छ। बैंकले दरखास्त आह्वानसम्बन्धी विस्तृत जानकारीका लागि आफ्नो आधिकारिक वेबसाइट तथा प्रकाशित सूचनाको अध्ययन गर्न आग्रह गरेको छ।

Ad