Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Top Banner

सुनको मूल्य घट्यो, राष्ट्र बैंकद्धारा असर्फीको बिक्री बन्द !

२०८३ कार्तिक २१ गते

बैंकिङ खबर / सुनको मूल्य घटेसँगै नेपाल राष्ट्र बैंकले सुनको असर्फी बिक्री बन्द गरेको छ । अत्यधिक ग्राहकको चाप बढेपछि सुनको मौज्दात अपर्याप्त नहुने राष्ट्र बैंकको भनाई छ । कात्तिक २० गते बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखाले सूचना नै प्रकाशीत गरेर चाँदीका मेडालियन मात्र बिक्री गर्ने बताएको छ ।राष्ट्र बैंकले कात्तिक १९ गते ग्राहकको अत्यधिक चाप भएपछि शुक्रबारका लागि सुनको मौज्दात अपुग हुने भन्दै बन्द गरेको हो । यसअघि राष्ट्र बैंकले कात्तिक १९ र २० गते असर्फी विक्री गर्ने जनाएको थियो । चाँदीका मेडालियनको बिक्री भने खुल्ला राखिएको छ । बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ हजार ९ सय रुपैयाँले घटेको हो।
जसअनुसार प्रतितोला सुन २ लाख ८३ हजार रुपैयाँ कायम भएको छ। 

Ad