
बैंकिङ खबर / एनआईसी एशिया बैंक लिमिटेडले चिफ सेक्युरिटी अफिसर पदमा खुलाएको आवेदन दिने समय भोलि (नोभेम्बर १८) सकिँदैछ । बैंकले एक जना चिफ सेक्युरिटी अफिसर नियुक्त गर्न आवेदन आह्वान गरेको हो ।
बैंकले उक्त पदका लागि सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरेको र सुरक्षा निकायमा कम्तीमा १० वर्षको अनुभव भएको उम्मेदवार माग गरेको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल वा सम्बन्धित सुरक्षा निकायमा अनुभव हासिल गरेका व्यक्तिले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।
इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले बैंकको आधिकारिक करियर पोर्टलमार्फत आवेदन दिन सक्नेछन् । तोकिएको समयसीमाभित्र आवेदन पेस गर्न बैंकले इच्छुक उम्मेदवारलाई आग्रह गरेको छ ।
बैंकिङ क्षेत्रमा सुरक्षा व्यवस्थापन, संस्थागत जोखिम नियन्त्रण तथा सुरक्षा रणनीति निर्माणसँग सम्बन्धित जिम्मेवारी रहने उक्त पदका लागि योग्य र अनुभवी उम्मेदवारलाई अवसर प्रदान गर्न लागिएको हो ।
आवेदनसम्बन्धी विस्तृत जानकारी तथा प्रक्रिया बैंकको आधिकारिक करियर पोर्टलमा उपलब्ध छ ।