Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

यस्तो आयो बजेट : (बजेटको पूर्ण पाठ)

२०८३ जेष्ठ १५ गते

सरकारले आगामी आर्थिक वर्षको लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्को संयुक्त सदनमा बजेट प्रस्तुत गरेका हुन् । सरकारले यसअघिको चालु आर्थिक वर्षमा कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको थियो । चालुतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ भने पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। वित्तीय व्यवस्थातर्फ सरकारले ४ खर्ब २२ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। सरकारले आगामी आर्थिक वर्षको लागि गरेको खर्च अनुमान व्यहोर्ने स्रोतमध्ये २ खर्ब ४७ अर्ब २८ करोड वैदेशिक ऋणबाट र ४ खर्ब १० अर्ब आन्तरिक ऋणबाट स्रोत व्यवस्थापन गरिने, राजस्व १४ खर्ब ५ अर्ब ३१ करोड रुपैयाँ संकलन हुने अनुमान र वैदेशिक अनुदानबाट ६१ अर्ब ७४ करोड तथा अपुग हुने ६ खर्ब ५७ अर्ब २९ करोड ऋणमार्फत स्रोत व्यवस्थापन गरिने घोषणा गरेको छ ।

(बजेटको पूर्ण पाठ)