बैंकिङ खबर / असार महिनामा निक्षेप व्याजदर फेरि घटेको छ । बैंकहरुले असार महिनाका लागि नयाँ व्याजदर तय गरेका छन् । केही बैंकहरुले असारका लागि मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत तथा संस्थागत दुवै निक्षेपमा घटाएका हुन् । नयाँ व्याजदर अनुसार २० वाणिज्य बैंकहरूको औसत व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ४.२७ प्रतिशत कायम भएको छ उक्त दर जेठमा औसत व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ४.३४ प्रतिशत थियो । त्यस्तै, संस्थागत मुद्दती निक्षेपतर्फको औसत ब्याजदर ३.१८ प्रतिशत कायम भएको छ जुन जेठमा ३.२० प्रतिशत थियो । असार महिनाका लागि ७ बैंकले ब्याजदर घटाएका छन् भने १३ बैंकले जेठ महिनाको ब्याजदरलाई नै निरन्तरता दिएका छन् ।
ब्याजदर घटाएकोनयाँ व्याजदर अनुसार कुमारी बैंकले असारमा व्यक्तिगत मुद्दती निक्षेपमा ३.९१ प्रतिशत तोकेको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३.९५ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ४ प्रतिशत, प्राइम कमर्सियल बैंकले ४ प्रतिशत, हिमालयन बैंकले ४ प्रतिशत तथा एनआईसी एशिया बैंकले ४ प्रतिशत ब्याज दिनेछ । यसैगरी एनएमबि बैंकले ४.७५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्धति निक्षेपमा ४.७५ प्रतिशत, नबिल बैंकले ४.५५ प्रतिशत, प्रभु बैंकले ४.५५ प्रतिशत, ग्लोबल आइएमई बैंकले ४.५० प्रतिशत, माछापुच्छ्रे बैंक ४.५० प्रतिशत, सानिमा बैंकले ४.५० प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४.५० प्रतिशत, नेपाल बैंकले ४.२५ प्रतिशत, नेपाल एसबीआई बैंकले ४.१० प्रतिशत, कृषि विकास बैंकले ४.१५ प्रतिशत, सिटिजन्स बैंकले ४.१० प्रतिशत, एभरेष्ट बैंकले ४.०५ प्रतिशत र सिद्धार्थ बैंकले ४.०५ प्रतिशत ब्याजदर कायम गरेका छन् । पछिल्लो समय बैंकमा व्याजदर घटीरहेको छ भने कर्जा प्रवाह खासै हुन सकेको छैन


