
बैकिङ खबर । नबिल बैंकले ऋण कर्जाको लागि अनलाइनबाटै आवेदन गर्न मिल्ने व्यवस्था सुचारु गरेको छ । इच्छुक ग्राहकले बैंकको वेबसाइटमा (https://www.nabilbank.com/individual/sme-loan-application/business-information-details गई साना तथा मझ्यौला ऋण कर्जाको लागि अनलाइन आवेदन दिन सक्नेछन्।
यो सुबिधा बैंकलार्ई डिजिटल बैंकमा रूपान्तरण गर्ने उद्देश्य अनुरूप गरिएको हो र ग्राहकले आफुले चाहेको समय, स्थान र उपकरणमा बैंकिङ सेवाहरूको प्रयोग गर्न सक्नेछन ।
बैंकले आधिकारिक वेबसाइट मार्फत ऋण कर्जाको लागि आवेदन दिनुहुने सिमित ग्राहकहरूलाई सेवा शुल्कमा छुटको व्यवस्था पनि गरेको छ । यो सुविधा बैंकद्वारा जारी अभियान “नबिल बैंक – गो डिजिटल प्रोग्राम, डिजिटल कारोबार आजको आवश्यकता” अनुरूप रहेको जानकारी गराइएको छ ।
आङ्खनो देशभर १३५ वटा शाखा कार्यलयहरु, १८३ ए.टि.एम. र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका एजेन्टहरुको बृहत सत्र्जाल मार्फत निरन्तर गुणस्तरिय सेवा प्रवाह गरिसकेको छ ।
एक उच्च प्रशिक्षित समुह र मजबुत र सुरक्षित बैंकिङ्ग प्रणालीको साथ ३७ वर्ष बैंकिङ्ग अनुभवको साथ, बैंकको ग्राहकहरुलाई मुल्य अभिवृद्धि गर्न उच्चसेवा वितरणको लागी लक्षित गरेको छ ।




