एनएमबि बैंकले नेपाल राष्ट्र बैंकले तोकेको समयसिमा भित्रै एकै पटक १६ नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । देशका बिभिन्न प्रदेशहरुका गाउँपालिका, नगरपालिका तथा बैकिङ्ग पहँुचबाट टाढा रहेको स्थानहरुमा बैंकले नयाँ शाखाहरु खोलेको हो ।
यी शाखाहरु बिस्तार भएसँगै बैंकको कुल १०८ शाखा, ४ एक्टेन्सन काउन्टर ९२ एटिएम पुगेको छ । त्यस्तै, बैंकको भगिनी संस्था एनएमबि माइक्रोफाईनान्स्को ७५ शाखा संजाल समेत गरेर देशका तराई, पहाड तथा हिमाल सबै क्षेत्रमा सन्तुलित बैकिङ्ग पँहुच बढेको छ ।
एनएमबि बैंकको नयाँ शाखाहरुको सुरुवात भएसँगै स्थानीयहरुको वित्तिय सहभागिता भई जीवन स्तरमा समेत साकारात्मक प्रभाब पर्ने र सरल बैकिङ्गको पँहुचमा सर्वसाधारण पुग्नेमा बैंक विश्वस्त रहेको छ ।

