Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अटो-मार्केट

रेमिट्यान्स पठाउने सेवाग्राहीलाई आइएमईको उपहार, विराटनगरका अभिषेकले जिते बीवाइडी कार

२०८३ श्रावण ७ गते

बैंकिङ खबर/ वैदेशिक रोजगारीमा रहेका नेपालीलाई औपचारिक तथा डिजिटल माध्यमबाट रेमिट्यान्स पठाउन प्रोत्साहित गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘टटक्मोमार्फत आइएमई गरौं, उपहार जितौं’ अभियानअन्तर्गत विराटनगरका अभिषेक कालाखेतीले बम्पर उपहारस्वरूप बीवाइडी ९द्यथ्म्० अटो–१ विद्युतीय कार जितेका छन्। साउदी अरेबियाबाट टटक्मोमार्फत आइएमई प्रयोग गरी नेपाल पैसा पठाएका उनी अभियानका भाग्यशाली विजेता बनेका हुन्। बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले विजेता अभिषेक कालाखेतीको तर्फबाट उनकी श्रीमती कल्पना कालाखेतीलाई कारको साँचो हस्तान्तरण गर्दै अभियानको औपचारिक समापन गरेका थिए। कार्यक्रममा सहभागीहरूले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सुरक्षित र औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउन प्रोत्साहन गर्ने यस्ता अभियानले डिजिटल वित्तीय सेवाको विस्तारमा सकारात्मक योगदान पुर्‍याएको धारणा व्यक्त गरेका थिए।

कार्यक्रममा बोल्दै आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले विदेशमा रहेका नेपालीले पठाउने रेमिट्यान्स देशको अर्थतन्त्रको महत्वपूर्ण आधार मात्रै नभई हजारौं परिवारको दैनिकी र भविष्यसँग प्रत्यक्ष जोडिएको उल्लेख गरे। उनका अनुसार आइएमईले केवल रेमिट्यान्स सेवा प्रदान गर्ने भूमिकामा सीमित नरही वैदेशिक रोजगारीमा रहेका नेपालीको मेहनतको सम्मान गर्दै उनीहरूलाई थप प्रोत्साहन गर्ने उद्देश्यले यस्ता अभियान सञ्चालन गर्दै आएको छ। आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले पनि विश्वका विभिन्न मुलुकमा कार्यरत नेपालीको विश्वासलाई अझ सुदृढ बनाउँदै छिटो, सुरक्षित र भरपर्दो डिजिटल रेमिट्यान्स सेवा उपलब्ध गराउन कम्पनी निरन्तर प्रतिबद्ध रहेको बताए। उनले औपचारिक माध्यमबाट रेमिट्यान्स भित्र्याउनु आर्थिक पारदर्शिता, वित्तीय समावेशीकरण र राष्ट्रिय अर्थतन्त्रका लागि पनि महत्वपूर्ण भएको उल्लेख गरे। आइएमई लिमिटेड र टटक्मोको संयुक्त आयोजनामा सञ्चालन गरिएको उक्त योजना २०८२ पुस २१ गतेदेखि २०८३ असार १६ गतेसम्म सञ्चालन गरिएको थियो। अभियानको उद्देश्य साउदी अरेबियामा रहेका नेपालीलाई टटक्मोमार्फत आइएमई प्रयोग गरी नेपाल सुरक्षित, छिटो र भरपर्दो रूपमा डिजिटल रेमिट्यान्स पठाउन प्रोत्साहित गर्नुका साथै औपचारिक रेमिट्यान्स प्रणालीको प्रयोग बढाउनु रहेको कम्पनीले जनाएको छ।

अभियान अवधिभर विभिन्न चरणमा आकर्षक पुरस्कारको व्यवस्था गरिएको थियो। पहिलो चरणमा १२ जना सेवाग्राहीले आईफोन १७ र दुई जनाले विद्युतीय स्कुटर प्राप्त गरेका थिए। त्यसपछि सञ्चालन गरिएको दोस्रो चरणमा हरेक हप्ता पाँच जना सेवाग्राहीलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो। अन्तिम चरणमा आयोजित बम्पर उपहार योजनाअन्तर्गत अभिषेक कालाखेतीले बीवाइडी विद्युतीय कार जित्न सफल भएका हुन्। यसै अवसरमा आइएमई र टटक्मोले आफ्नो सहकार्यलाई थप विस्तार गर्दै नयाँ प्रवर्द्धनात्मक अभियानको पनि घोषणा गरेका छन्। १७ साउन २०८३ देखि १४ कात्तिक २०८३सम्म सञ्चालन हुने नयाँ योजनाअन्तर्गत साउदी अरेबियाबाट टटक्मोमार्फत आइएमई प्रयोग गरी नेपाल पैसा पठाउने सेवाग्राहीमध्ये हरेक हप्ता दुई जनाले आफूले पठाएको रकमको दोब्बरसम्म, हरेक महिना दुई जनाले तीन गुणासम्म तथा बम्पर योजनाअन्तर्गत दुई जना भाग्यशाली विजेताले आफूले पठाएको रकमको पाँच गुणासम्म पुरस्कार प्राप्त गर्ने अवसर पाउनेछन्। कम्पनीका अनुसार नयाँ अभियानले साउदी अरेबियामा रहेका नेपालीलाई अझ बढी सुरक्षित, औपचारिक र डिजिटल माध्यमबाट रेमिट्यान्स पठाउन प्रोत्साहित गर्ने, डिजिटल वित्तीय सेवाको प्रयोग विस्तार गर्ने तथा नेपाल भित्रिने रेमिट्यान्सलाई औपचारिक बैंकिङ प्रणालीमार्फत प्रवाह गर्न थप सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, यस्तो योजनाले विदेशमा रहेका नेपाली श्रमिकको विश्वास अझ मजबुत बनाउनुका साथै उनीहरूको परिवारसम्म सहज र भरपर्दो वित्तीय सेवा पुर्‍याउन पनि महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको विश्वास छ।रेमिट्यान्स नेपालको अर्थतन्त्रको प्रमुख आधारमध्ये एक मानिने भएकाले डिजिटल माध्यमको प्रयोग बढाउने यस्ता अभियानले सेवा प्रवाहलाई मात्र होइन, औपचारिक वित्तीय प्रणालीलाई सुदृढ बनाउन र डिजिटल कारोबारप्रति सेवाग्राहीको आकर्षण बढाउन समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।