Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ संक्षेप

साढे १० अर्ब लागतमा कालङ्गा जलविद्युत् आयोजनाको निर्माण सुरु

२०७३ चैत्र ९ गते

निजी क्षेत्रको लगानीमा ६५ मेगावाट क्षमताको कालङ्गा जलविद्युत् आयोजनाको निर्माण कार्य शुरू भएको छ । बझाङको बुङ्गल क्षेत्रमा पर्ने कालङ्गा गाडमा निर्माण हुने कालङ्गा जलविद्युत् आयोजनाको मङ्गलवार एक कार्यक्रमबीच शुरू गरियो । करीब रू. १० अर्ब ५० करोडको लागतमा निर्माण हुने सो आयोजनामा विभिन्न बैङ्कको ७५, स्थानीयको १० तथा विभिन्न व्यक्तिको १५ प्रतिशत शेयर लगानी रहने बताएको छ । तीन वर्ष्भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको सो आयोजनामा माछापुच्छ्रे, एनएमबी, सिभिल बैङ्कलगायत विभिन्न १० ओटा बैङ्कको लगानी रहेको आयोजना प्रमुख उमेश श्रेष्ठले बताए ।  रासस