२०७३ फाल्गुन १८ गते

सिटिजन्स बैंकद्धारा विद्यालयलाई कप्युटर सहयोग 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले श्री जानकी प्राथमिक विद्यालयलाई भौतिक सहयोग स्वरुप एक थान कम्युटर प्रदान गरेको छ । नेपालको शिक्षा जगतमा टेवा पुर्याउने उद्देश्यले बैंकले बर्दिया जिल्ला गुलरिया नगरपालिका वार्ड नं. ४ सिरकोइयामा रहेको विद्यालयलाई कम्युटर सहयोग गरेको हो । 

बुधबार गुलरियामा आयोजित एक समारोहका बीच बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले १ थान कम्युटर उक्त विद्यालयका अध्यक्ष रामचन्द्र यादव र प्रधानध्यापक मुन्ना लाल यादव लाई हस्तान्तरण गरे । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयलाई कम्प्युटर सहयोग गरेको बैंकले जनाएको छ । 

संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बैंकले शिक्षा, स्वास्थ्य, खेलकुद जस्ता क्षेत्रहरुमा प्रत्येक वर्ष सहयोग पुर्याउँदै आएको तथा भविष्यमा पनि बैंकले यस्तै सहयोग पुर्याउने जानकारी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले दिए ।